रेशम चौधरी अभियुक्त हुन्, पक्राउ गर्छौं : डिआइजी कार्की (भिडियो सहित)

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखको रुपमा कार्यरत छन् डिआइजी पुष्कर कार्की।

नेपाल प्रहरीका चर्चित डिआइजीहरु रमेश खरेल र सर्वेन्द्र खनाल सँगै कार्कीलाई पनि भावी आइजीपीको दावेदारको रुपमा हेरिएको छ।

पछिल्लो पटक निर्माण व्यवसायी शरद गौचनको हत्या मुद्धामा सफल अनुसन्धान गरेर हत्यारालाई पक्रन सफल भएपछि डिआइजी कार्कीको लोकप्रियता झन् धेरै बढेको छ।

डिआइजी कार्कीले माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा नेपाल प्रहरी र सिआइबीको कामकारबाहिको बारेमा सोधिएको विभिन्न खरो प्रश्नहरुको केहि अंश ।

कार्की भन्छन् – विगत दश- पन्ध्र बर्ष यताको नेपाल प्रहरीको कामकारबाहीको रेकर्ड हेर्ने हो भने नेपाल प्रहरीको साख बढेको छ।छिमेकी देशहरुमा भन्दा नेपालमा कम अपराध हुने र जटिल अपराधका मुद्धाहरुमा समेत नेपाल प्रहरीले सफल अनुसन्धान गरेको छ।

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेसम चौधरीलाई समातेर जेल हाल्ने डिआइजी कार्कीले बताए। कार्कीले भने -चौधरीको अदालतमा मुख्य अभियुक्तको रुपमा मुद्धा चलिरहेको र उनको खोजनिती भइरहेको छ। हामी प्रष्ट छौ,उनले चुनाव जित्नु राजनीतिक पाटो हो,त्यो सँग हामीलाई सरोकार छैन,हामी अपराधको पाटो मात्रै हेर्छौ,त्यसैले रेशम चौधरीलाई समातेर अदालतमा बुझाउँछौ।

नेपाल प्रहरीमा अनावश्यक राजनीतिक हस्तक्षेप हुँदा त्यसले नेपाल प्रहरीहरुमा नैराश्यता उत्पन्न गर्ने र मनोबल कम हुने कार्कीको भनाई छ। हेर्नुहोस् पुरा भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।