मोदी को संवाद पछि वार्ता, संयोग कि नियोजित ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाइ फोन गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयले हीजो अपरान्ह प्रधानमन्त्री मोदीले नेपालका तीन शीर्ष नेतालाइ फोन गरेको जानकारी दिएको हो । विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालमा टेलिफोन गर्नु भए पनि कुराकानीको विषय थाहा नभएको बताउनुभयो ।

यता नेकपा एमालेले हीजै विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीसंग भएको टेलिफोनमा भारतीय प्रधानमन्त्री मोदीले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि बधाइ तथा शुभकामना दिनु भएको उल्लेख छ । सरकार गठन लगत्तै भारत भ्रमणका लागि निमन्त्रणा दिनु भएको र नयाँ सरकारसंग सहकार्य गर्न प्रतिक्षारत रहेको पनि मोदीले टेलिफोनमा बताउनु भएको एमालेको विज्ञप्तीमा उल्लेख छ ।

यसैगरि प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले निर्वाचन सम्पन्न गरेकोमा बधाइ र अव नेपालले राजनीतिक स्थायीत्व पाउनेमा मोदीले देउवासग विश्वास व्यक्त गर्नु भएको बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।