सहारा दिने भन्दै यसरी बेचिदै बालवालीकाहरु, अस्पताल भित्रै डाक्टरको लागु औषध व्यापार – हेर्नुहोस भिडियो सहित
मुलुकमा यत्रो चुनाव भयो । जनताले व्यालेट बक्समा आफ्नो मत दिए । मत परिणाम सार्वजनिक भएसँगै जनादेश स्पष्ट पनि भयो । तर अब सुनिदैछ पार्टी एकतासम्मको कुरा गरेका बामहरु प्रधानमन्त्री आलोपालो बन्ने मार्ग खोज्दै छन् रे ।
मुलुकमा पटक पटक सरकार परिवर्तन भइरह्यो र स्थायित्व चाहियो भनेर रट लगाउने पनि तपाईहरु । स्थायित्व मात्र होईन स्थीर सरकार भए विकाशको मुल प्याट्टै फुट्छ भन्ने पनि तपाईहरु, अनि जनादेश प्राप्त भैसकेपछि अब तपाईहरुको लडाई प्रधानमन्त्री पदका लागि ?
यो संयोग मात्र पनि हुन सक्ला तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन पालै पालै आउनु अनि केपी ओली ज्यु र पुष्पकमल दाहाल प्रचण्ड ज्यु पालै पालो देशको प्रधानमन्त्री हुने कुरा बाहिर आउनुले स्थायित्वका लागि प्राप्त जनादेशको हुर्मत लिएको छ ।
त्यसमाथी पार्टी एकिकरण गरेर अघि बढ्ने वाचा, कवुल गरेका नेताहरुको यस्तो सर्त, भोली का लागि झगडाको विउ बन्ने कुराको संकेत प्रष्ट देखियो । ढुक्क हुन सक्ने प्रसस्त ठाँउहरु छन् ।
मुलुक र मुुलुकवासीका लागि अब केही गर्छौ भनेर मुखले भने पनि पद लोलुपता आलो पालो सिस्टमले प्रष्ट पा¥यो । ल ठिकै छ एक छिनलाई ओली ज्यु साढे २ बर्ष, प्रचण्ड ज्यु साँढे २ बर्ष प्रधानमन्त्री बन्नु भयो रे ।
बांकी मन्त्रीमंण्डल चाँहि उही कि अलग ? बाँकी मन्त्रीमण्डल नै नयाँ गठन गर्ने हो भने साढे २ बर्षको भिजन, बजेट, योजना कार्यान्वयनको के हविगत हुन्छ ? फेरी यति छोटो अवधीमा सपथ ग्रहण, आसन, भाषण र २÷४ थान रिवन काट्न बाहेक गर्न चाँहि के सकिन्छ ?
जनमतको यस्तो बेहाल अशोभनीय छ । सबै मिलेको तर प्रधानमन्त्री बन्ने भाग बण्डा नमिलेको हो भने नयाँ बाटो समाउनुस् । केहि नभएका धेरै जात्राहरु देखिसकेका हामीलाई अर्को जात्रा हेर्न के को आइतबार भो र ।
जम्बो मन्त्रीमण्डल पनि देखिएकै हो, उपप्रधान मन्त्रीहरुको लावालष्कर पनि देखिएकै हो, खाली सम्बृद्धी मात्र नदेखीएको न हो । बाँकी नाटक सबै देखिएको हो । बरु संसारमा कँहि नभएको एउटा काम गरिदिनुस् २ वटा प्रधानमन्त्री एकै चोटी ।
एकै पटक दुई प्रधानमन्त्री भएको देश भनेर चिनुन् न । यो सुनेर संसारका अरु मानिस अचम्मित होलान हामी नेपालीहरु चाही अचम्मीत हुँदैनौँ । झट्ट सुन्दा नचाहिने कुरा लागेपनि फ्याट्ट न होला भन्न चाही सकिदैन है ।
वैदेशिक रोजगारीको क्रममा युएइमा रहस्यमय मृत्यु भएकी अष्टमी गुरुङको बिषयमा हामीले रिपोर्टीङ गरेपछि देश विदेशबाट अष्टमीको परिवारप्रती धेरैले सहानुभुति ब्यक्त गर्नुभयो । परिवारको आर्थिक अवस्था कमजोर भएपछी अष्टमीको परीवारको लागि सहयोग रकम समेत प्राप्त भएको छ ।
धेरै दर्शकले हामी मार्फत सहयोग गर्नुभएको छ । अष्टमीको परिवारको लागि हाल इजरायलमा रहनुभएका बाबुलाल लामाले बहिनी पुर्णीमा लामा मार्फत १ लाख ४० हजार सहयोग गर्नुभएको छ भने लण्डनमा रहनुभएकी इशा गुरुङको पहलमा संकलित १ लाख २० हजार अष्टमी गुरुङकी आमा सुवर्ण गुरुङलाई हस्तान्तरण गरिएको छ ।
साथै मकाउमा रहनुभएको नपाली युवाहरुले संकलन गरेको १ लाख १५ हजार, लमजुङ घर भई हाल हङकङमा रहनुभएकी माया गुरुङले पठाउनुभएको ५० हजार ललितपुर भैसीपाटीकी यस्थर थापाबाट प्राप्त भएको २० हजार रुपयां अष्टमीकी आमालाई हस्तान्तरण ग¥यो ।
अष्टमीले पैसा कमाएर आमाका लागि सुन जोडिदिन गरेको वाचा पुरा नहुदै अष्टमीको निधन भएपछि यस्थर थापाले आफ्नी आमाको सम्झनामा अष्टमी गूरुङकी आमालाई सुनको बाला दिनुभएको थियो ।
साथै अष्टमी गुरुङकी आमालाई सहयोग गर्न चाहानुहुने अन्य व्यक्तीले अष्टमी गुरुङकी आमा सुर्बण गुरुङको नाममा राष्ट्रिय वाणिज्य बैंकको गोरखा आरुघाट शाखा स्थीत खाता नम्बर ३२१०००४२८०१० सहयोग गर्न सक्नुहुने छ । विदेशबाट सहयोग गर्न चाहानुहुनेका लागि राष्ट्रिय बाणिज्य बैंकको स्इफट कोड RBBANPKA (आर.वि.वि.ए.एन.पी.के.ए.) उल्लेख गर्नुपर्ने छ भने बैंक शाखामा गोरखा आरुघाट उल्लेख गर्नुपर्ने छ ।
धापासीको असहाय बालबालिका केन्द्रको बाल व्यापार
धापासी स्थीत असहाय बालबालिका शिक्षा केन्द्रले विकट गाँउका बालबालिकालाई अभि भावकलाई कुनै सहमती बिनै धर्मपुत्री र पुत्री बनाएर विदेश पठाउने बाल व्यापारको धन्दा चलाईरहेको छ ।
हामीले कार्यक्रममा गोरखाका हिरामान गुरुङलाई परिवारलाई जानकारी नै नदिइ धर्मपुत्र बनाएर स्पेन पठाएका बिषयमा रिपोर्टिङ गरेपछी शिक्षा केन्द्रको बारेमा थप खुलासा भएको हो ।
केन्द्रले गाँउ गाँउबाट गरीब परिवारलाई शिक्षा दिक्षाको प्रलोभन देखाएर बालबालिका ल्याउने र केही समयमा धर्म सन्तान बनाएर विदेश पठाउने गरेको भेटिएको छ ।
धादिङकी सुकमाया गुरुङ श्रीमानको निधन पछि छोरी सबिनासँग माइतीघर गोरखामा बस्दै आएकी थिइन । यही दुखमा गोरखाकी चिम्सी गूरुङले सुृकमायाकी छोरीलाइ पढाउने आश देखाएर काठमाडौं ल्यादिन ।
एक बर्षसम्म त उनी छोरीलाई भेट्न महिना बिराएर आउँथिन तर एक बर्ष पछी भने उनकी छोरीलाई अमेरीका पढ्न पठाएको भन्यो संस्थाले । केही महिनामा फर्केर आउने आश्वासन पाएकी सुकमाया हरके महिना जसो केन्द्रमा पूग्थीन तर छोरीको कुनै अत्तोपत्तो हुँदैन थियो ।
उनले संस्थमा आफ्नो छोरीको ठेगान माग्दा उनलाई केन्द्रकी सुञ्चालक सरस्वती श्रेष्ठले आमा भएको प्रमाण मागिन ।
उनले छोरीका जन्म दर्ता बुझाएपछी बल्ल बल्ल सम्पर्क नम्बर र फेसबुक आइडी त दिए तर न त्यो नम्बर अहिले सम्म फोन उठेको छ । न सुकमायाले फेसबुकमा छोरीलाई नै भेटाएकी छिन् । कतिसम्मकी छोरी खोज्दै रुन समेत दिदैँन संस्थामा ।पछि मात्रै सुकमायाले थाहा पाइन, शिक्षा केन्द्रले आफ्नी छोरीलाई धर्मशन्तान बनाएर बेचेको रहेछ ।
यस्तै गोरखा थुमी गाँउकी कोपिला धमलाका छोरा सुनिल धमलालाई समेत असहाय बालबालिका शिक्षा केन्द्रले नै वेपत्ता पारेको छ । गाँउको उपस्वास्थ्य चौकीमा कार्यतर भद्री माया गुरुङले राम्रो शिक्षा दिक्षा दिलाइदिने भन्दै २०६५ सालमा उनका छोरालाई केन्द्रमा पु¥यादिएकी थिइन ।
उनले पनि १ बर्षसम्म छोरा भेट्न पाइन तर त्यसपछी अहिलेसम्म पनि छोराको अवस्था बुझ्न पाएकी छैनन । अहिले छोरो खोज्दै केन्द्रमा पुग्दा कोपीलालाई नचिने जस्तो गर्छन ।
गरिबी र अशिक्षीत परीवार माथी असहाय बालबालिका शिक्षा केन्द्रले व्ल्याकमेलीङ गरी उनीहरुकै शन्तान धर्मपुत्र धर्मपुत्री बनाएरु लाखौ अशुलेको छ । अझै प्रहरी प्रसास सबै तिर सेटिङ मिलाएरु सबै कानुनी प्रक्रिया पुरा गरको छ केन्द्रले ।
हामीले यो बिषयमा अन्तरदेशी धर्मपुत्र धर्मपुत्री व्यवस्थापन विकास समितीसँग कुरा गर्दा केन्द्रको नविकरण नगरिएकाले अब धर्मपुत्र धर्मपुत्री विदेश पठाउन नपाउने भएपनी बालबालिका राख्ने नराख्ने भन्ने बिषयमा आँफुहरुले भन्न नमिल्ने जनाएको छ । संस्थाबाट यसरी परिवारको जानकारी विनै गोरखाबाट मात्रै विदेश पु¥याएका बालबालिको संख्या ठुलो छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्राउन सुगरको कारोवार
धरान स्थीत विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डक्टरहरु ब्राउनसुगर सहित पक्राउ परेका छन् । डाक्टर क्षितीज श्रेष्ठ ब्राउन सुगर खरिद गर्दै गर्दा २ पोका बराउन सुगरसहित रङ्गेहात पक्राउ परका छन् ।
डा. श्रेष्ठलाई बराउन सुगर विक्री गर्ने प्रतिष्ठानका ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र उज्जवल हल्वाईलाई पनि सेक्युरेटी गार्डको सहयोगमा प्रहरीले प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
डा. श्रेष्ठ काठमाडौं घर भई हाल धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्र्टन गर्दै थिए । प्रहरीले प्रतिष्ठानको होस्टल स्थीत डाक्टरको कोठाबाटै बराउन सुगरको कारोवार हुँदै गर्दा पक्राउ गरेको जनाएको छ ।
यस अघि पनि प्रतिष्ठानको होस्टलबाट लागु औषध सहित पटक पटक विद्यार्थी पक्राउ पर्ने गरेका थिए । हेर्नुहोस भिडियो


