के २४ घण्टाभित्र उपचार नभए एपेन्डिसाइटिस्टबाट मानिसको मृत्यु हुन्छ ? – यसो भन्छन डाक्टर अजय पराजुली – हेर्नुहोस् भिडियो

एक्कासि अत्याधिक पेट दुख्यो भने शंका गर्नुस् ,कतै एपेन्डिसाइटिस् त भएको छैन ? के हो एपेन्डिसाइटिस् ? एपेन्डिक्स, ऐपेन्डिसाइट, एपेन्डिसाइटिस् लगायत विभिन्न नामले चिनिने यो समस्याको उपचार ढिला भए ज्यान नै जानसक्छ । जनरल सर्जन (साधारण शल्यचिकित्सक) डाक्टर अजय पराजुली यसो भन्छन् ।

एपेन्डिसाइटिस् भनेको के हो ?

एपेन्डिसाइटिस् आकस्मिक रुपमा देखापर्ने समस्या हो । यो रोग बच्चादेखि वृद्धावस्थाका जो कोहीमा पनि देखापर्न सक्छ । एपेन्डिसाइटिस मानव शरीरको पेट भएसँगै दाहिने कम्मरको माथि रहेका सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडि पाइप जस्तो ८ देखि १० सेन्टीमिटर लामो भाग हुन्छ त्यसलाई नै एपेन्डिसाइटिस् भनिन्छ । एपेन्डिसाइटिस् हुने मूख्य कारण एपेन्डिसाइटिस् विविध कारणले सुन्नियो भने यसको भितामा रहेका रक्त नलीहरुमा चाप पर्छ । यस्तो चापले नशाहरु बन्द हुन थाल्छन् । त्यसपछि असह्य पेट दुख्ने लगायतका समस्या देखापर्छन् । यही एपेन्डिक्स सुन्निनुलाई नै एपेन्डिसाइटिस् भएको भन्ने गरिन्छ ।

लक्षण :

नाइटो वरीपरीको भागबाट दुखाई सुरु भई दाहिने कम्मरको माथितिर दुखाई सर्नु । कोहीकोहीलाई सुरुमा वान्ता हुनु । ज्वरो आउनु । श्वास फेर्न गाह्रो हुनु । खाना मन नलाग्ने । एपेन्डिसाइटिस् परीक्षण गरेर थाहा हुन्छ । तर यो धेरै लक्षणकै आधारमा थाहा हुन्छ । भिडियो एक्सरे गर्दापनि ५० प्रतिशत मात्र पत्ता लाग्ने गरेको छ । उपचार शल्यक्रिया मात्र यो रोग लागेपछि यसको उत्तम उपचार पद्धति भनेकै शल्यक्रिया गरेर यसलाई फ्याल्ने हो । शल्यक्रिया गर्दा पुरानो पद्दति चिरेर वा आधुनिक पद्धति ल्याप्रोस्कोपी दुबै अवलम्बन गर्न सकिन्छ ।

एपेन्डिसाइटिस् हुदा बेलैमा उपचार नभए मृत्यु एपेन्डिसाइटिस्को २४ घण्टा भित्र उपचार भएन भने मृत्यु हुन्छ भन्ने समाजमा भ्रम रहँदै आएको छ । तर यही स्पष्ट आधार हैन । र पनि जतिसक्दो छिटो उपचार गराउनु पर्छ भन्ने संकेत भने हो । एपेन्डिसाइटिस् सुन्नियो भने समयमै उपचार नगर्दा फुट्न सक्छ । पछि संक्रमण भई शरीर भरी फैलिन्छ र मानिसको मृत्यु हुन्छ । यस अर्थ यसकोल शंका लाग्ने बित्तिकै विशेषज्ञकोमा उपचार गराउनुपर्छ । बाँकी भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।