अझै पनि चर्को मधेस आन्दोलन र नाकाबन्दीको संभावना टरेको छैन : डा शिवजी यादव (भिडियो सहित)

नाकाबन्दी भारतले गरेको होइन हामीले गरेका थियौं, माग पुरा नभए फेरी नाकाबन्दी हुन सक्छ

संघीय समाजवादी फोरम पार्टीको अहिलेको मुख्य एजेण्डा भनेको संविधान संशोधन नै हो।

यदि संविधान संशोधन भएर असन्तुस्टहरुको माग संबोधन भएमा संघीय समाजवादी पार्टी सरकारमा सहभागी हुन सक्ने कुरा संघीय समाजवादी पार्टीका नेता डा.शिवजी यादवले माउण्टेन टेलिभिजनको कार्यक्रम माउण्टेन संवादमा कुराकानी गर्दै बताए।

२ नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को गठबन्धनले बहुमत प्राप्त गरेकाले यी दुई पार्टीले नै २ नम्बर प्रदेशमा सरकार बनाउने नेता यादवले बताए।

राजपा र संघीय समाजवादी पार्टीको विचार र सिद्धान्त फरक रहेकाले यी दुई पार्टीबिच एकता हुन नसक्ने नेता यादवको भनाई छ।

भारतले नाकाबन्दी गरेको नभई मधेश आन्दोलनको कारण भारतबाट नेपाल आउने सामान नआएको त्यसैलाई नाकाबन्दीको नाम दिइएको यादवको दावी छ।

यादवले अझैपनि मधेश आन्दोलन र नाकाबन्दीको संभावना नटरेको स्विकार्दै संविधान संशोधन नभए आन्दोलनको बाटो समाउने चेतावनी दिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖