पहिलो पटकको यौन सम्पर्क कस्तो हुन्छ ?

साधारणत: यौनिच्छेद नफाटेका केटीहरुलाई कुमारी भन्दछन् । यौनिच्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको यौनीको मुखमा टासिएर रहेको हुन्छ । यसले यौनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुदैन । समान्यतया जव केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ, त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ । जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ ।

योनीद्धारको आकार र बनावट महिलाहरुमा फरकफरक हुने भएकोले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छेअनुसार फरक फरक हुन्छ । तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा एकपल्ट पनि यौन सम्पर्क नहुदै पनि योनिच्छद फाटिसकेको हुन्छ भने कतिमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पटकको यौन सम्पर्कमा पनि च्यातिदैन । र कति पनि रगत नआउन सक्छ ।

यौन तथा प्रजनन् स्वास्थ्यविद् एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीका अनुसार अरु विभिन्न कारणहरु जस्तै शल्यक्रियाको परिणाम स्वरुप, चोटपटक, हस्तमैथुन आदि कारणले अथवा एकदमै बढी मात्रामा शारीरिक कामहरु गर्नाले, खेलहरु खेल्नाले केटीहरु कुमारी हुँदाहुदै पनि तिनीहरुको योनिच्छद फाटेको हुन्छ । डा. कार्की भन्छन, ‘योनिच्छद फाटेको आधारमा केटीलाई कुमारी हो होईन भन्नु एकदमै गलत हो ।’

पहिले पहिले सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो । त्यसैले कुमारित्वको कुरा बढी उठ्ने गर्दथ्यो समाजमा । यसका साथै शिक्षाको अभावले पनि यी कुरालाई बढी महत्व दिइन्थो । तर अहिले समय परिवर्तन भएको छ । युवतीहरुको विवाह गर्ने उमेर २० वर्ष मात्र भएको छ । कानूनले समेत २० वर्ष पुरा नभइ विवाह गर्न बन्देज लगाएको छ । पढेलेखेको समाजमा यी कुरा आफै हराएर गइरहेको छ ।

तर अहिले पनि ग्रामिण क्षेत्रतिर मात्र नभएर शहरी क्षेत्रमा पनि कुनै न कुनै रुपमा कुमारित्वको कुरा हुने गरेको छ । कुमारित्वको कुरा महिला हिंसाको एक पाटो भएको महिला अधिकारकर्मी बताउछन् । तर यौनिच्छेदकै आधारमा कुमारी नभएको भन्दै कुनै पनि युवतीलाई आरोप लगाउन भने नमिल्ने विज्ञहरु बताउँछन् । – रमिता ढकाल / हेल्थ टुडे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।