दीपाश्री निरौलाले भनिन,- दीपकसँग बिहे गर्न कानूनले रोक्यो (भिडियो सहित)
अभिनेत्री दीपाश्री निरौलाले कानूनले रोकेका कारण आफूले अभिनेता दीपकराज गिरीसँग विवाह गर्न नसकेको बताएकी छिन् । ‘धमलाको हमला’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दीपाले यस्तो खुलासा गरेकी हुन् । ‘नेपालको कानूनले दुईवटा विवाह गर्न दिँदैन’, उनले भनिन्, ‘हामी कलाकारले नै कानून मिच्ने हो भने अवस्था के आउला ?’ दीपकसँग आफ्नो सहयात्रा २५ वर्षको सम्बन्ध भएको भन्दै आगामी दिनमा पनि यसरी नै अविरल बाँच्न चाहेको सुनाईन् । अभिनेत्री दीपाले अर्को पुरुषसँग विवाह गर्दा पनि आफू र दीपकराजसँगको सहकार्य नटुट्ने बताइन् । – हेर्नुहोस् भिडियो


