जमिन्दारका गिद्दे नजरबाट बच्न मुखमा कालोमोसो दलेर हिड्ने गौरी जो बम्बैको कोठीमा पुगिन्, त्यहाँबाट भागेर अहिले एमाले नेतृ (भिडियो सहित)
काठमाण्डौ, १८ पुष । किसानको छोरीको रुपमा झापाको विकट गाउँमा जन्मिएकी गौरा प्रसाईलाई किसान प्रति जमिन्दारले हेर्ने देष्टिकोणका कारण विद्रोही बनायो । सुन्दर गौरालाई त्यतिवेलाका जमिन्दारले समेत आंखा लगाउंथे । उनी मुखमा कालोमोसो दलेर आफ्नो सुन्दरता लुकाएर हिड्थिन् ।
२०२७ सालमा झापामा भएको किसान आन्दोलनको बागडोर उनले नै समातिन् । संगै आन्दोलन गरेका उनी संगका केही साथीहरु मारिए । तर उनी बाँचिन् । बाँच्न त बाँचीन् तर उनको विद्रोहको स्वभाव र समाज परिवर्तन गर्नुपर्छ भन्ने चाहनाले उनको प्रत्येक पाइला अचानो माथि थियो ।
२०२८÷०२९ सालमा भूमीगत भएकी गौरालाई खोज्दै त्यतिबेलाका पञ्चायतका कसाही आउँथे । किसानले धानको धनसारमा लुकाएर उनलाई बचाउंथे । प्रहरीको आंखा छल्दै जांदा उनी प्रवासमा पुगीन् । भुमीगत हुँदा गौरालाई परिवारका बुबा, दाजुहरुले पनि निकै साथ दिए ।
तर त्यतिबेलाको जमाना अहिलेको जस्तो थिएन । घर वाहिर निस्केकी छोरीचेलीलाई नराम्रो नजरले हेर्ने सामाजिक संस्कार थियो । त्यो संस्कारका विरुद्ध आवाज उठाउंदै जांदा प्रहरीको आंखा छल्दै उनी हिंडिन् । सोही क्रममा उनीसंग सम्पर्कमा आएका कति ब्यक्तिले उनको अस्मिता समेत लुट्ने प्रयास गरे ।
विडम्बना उनी भुमिगत राजनीतिमै छंदा चेलिबेटी बेचबिखन गर्ने दलालहरुको फन्दामा परिन् । तर समाज परिवर्तन गर्न हिंडेकी गौरा निकै चलाख थिइन् । दलालको पञ्जावाट फुत्किएर भारतको सिलिगुडीमा रेलवे प्लेटफर्ममा जलपाईगुडी जाने रेलको प्रतिक्षामा रहेकी गौरालाई त्यहीँवाट अपहरण गरेर बम्बैको कोठीमा पुर्यायो ।


