बाम गठबन्धनलाई ५ बर्ष सरकार चलाउन दिनै पर्छ, बाम गठबन्धन तोड्ने तिर कांग्रेस लाग्नु हुदैन ! : गगन थापा (हेर्नुहोस भिडियो सहित)
कान्तिपुर टिभीबाट प्रसारित भुषण दाहाल प्रस्तोता रहेको फायर साइड अति नै बिशेष रहयो कारण उक्त कार्यक्रममा अतितमा गगन थापाले नेपालको राजनीति साथै नेपाली कांग्रेस भित्रको आन्तरिक बिषयमा बोलेका केहि मुख्य कुराको झल्कोलाई पुन:प्रसारण गर्दै निर्वाचन पछि बाम गठबन्धन भन्दा कांग्रेसको हारले पाएको चर्चाको बिषयलाई उठाउदै गगन थापाका बिचारहरु प्रस्तुत गरिएको थियो । हिजोको फायर साइडमा बोल्दै गगन थापाले कांग्रेसको हारको थुप्रै कारणहरु बताए साथै युवा नेता थापाले सरकारको सत्ता भन्दा हरेक दलको आन्तरिक सत्ता कब्जा अर्थात् पार्टीको नेतृत्व कब्जा गर्नमा ठुलो आर्थिक लगानी गर्नु पर्ने भएको हुदा नेपालमा नेताहरु भ्रष्ट भएको नयाँ बिषयलाई उजागर गरेका छन् ।
नेपाली कांग्रेसको हारको मुख्य जिम्मेवारी पार्टीका उच्च नेतृत्वले लिनु पर्ने र तत्काल महासमितिको बैठक बोलाएर पार्टीको नयाँ अधिबेशन गर्दै नयाँ नेतृत्व चयन हुनु पर्नेमा जोड दिए साथै पार्टीको बर्तमान विधान पनि परिवर्तन गरेर समय सापेक्ष सुधार हुनु पर्नेमा जोड दिएका छन् । कांग्रेस नेतृत्वको हेपा प्रवृतिले गर्दा मतदाताहरुले आफ्नु अपमान सम्झिए जसको असर यो निर्वाचनमा परेको तथ्यलाई अझै पनि नेतृत्वले बुझ्न नसकेनको गुनासो थापाको छ ।
कांग्रेसले अतितिमा गरेको कामको जसले मात्रै निर्वाचनमा जाने र त्यसको ब्याज खाने तर देश बिकाशको प्रष्ट एजेन्डा पेश नगर्दा यसपाली मतदाताले कांग्रेसलाई हराएको टिप्पणी गर्दै वाम एकताको डर देखाउदै कम्युनिष्ट अधिनायकवाद आउने कुरालाई जनताले बिश्वास गरेनन बरु उल्टो पार्टी एकता होला न होला भन्दै दोधारमा रहेको बाम कार्यकर्ताहरु कांग्रेसको प्रचारप्रसारले सांचिकै वाम एकता हुने रहेछ भनेर वाम गठबन्धनलाई मत दिएको दाबि गरे । धेरैलाई नेपालको बिकाश नहुनमा राजनैतिक स्थायित्व नहुदा नै तेस्तो भएको मुख्य आधारलाई बाम गठबन्धनले मुख्य एजेन्डा बनाएकोले गर्दा त्यसलाई जनताले बिश्वास गरेको थापाको भनाइ छ ।
कांग्रेसको लागि वर्तमान जनादेश भन्नु नै प्रतिपक्षमा रहनु भन्ने हो जसलाई कांग्रेसले पालना गर्नु पर्ने र आउदो ५ बर्ष सम्म कांग्रेसले संगठन दह्रो बनाउने तिर ध्यान दिनु पर्ने जोड दिएका छन् । प्रधानमन्त्री देउवा लगायत २०४६ पछि प्रभावशाली देखिएका सबै नेताहरूले अबिभाबकको रुपमा रहेर युवा पिढीलाई नेतृत्व सुम्पनु पर्ने बुँदालाई धेरै पल्ट दोहराएका छन् । महामन्त्री कोइरालाले वाम गठबन्धन तोड्नु कांग्रेसको एजेन्डा भएको भनाईप्रति हाँस्दै तर गम्भीर भएर त्यसको प्रतिपाद गरेका छन् थापाले । कांग्रेसले आफुलाई समय सापेक्ष सुधार्नु पर्ने मुख्य एजेण्डा हो नकी बाम गठबन्धन तोड्न हो भन्दै थापाले कांग्रेसमा आमुल सुधारको खाँचो आबश्यकता रहेको बताए । हेर्नुस भिडियो


