मन्त्री बनाईदेउ भन्न ओलीकोमा जान्न : योगेश भट्टराई (भिडियो सहित)
ताप्लेजुङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमाले पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई यतिबेला चर्चामा छन्। मिडिया देखि सामाजिक संजालमा समेत भट्टराई छाइरहेका छन्।युवा तथा एमाले भित्र आशा लाग्दा नेताको रुपमा हेरिएका भट्टराईले पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई पार्टी एकता घोषणा भएको दिनमा सक्रिय राजनीतिबाट सन्यास लिएर दक्षिण अफ्रिकी अश्वेत नेता नेल्शन मण्डेला बन्न सुझाव दिएका थिए।
भट्टराईले प्रचण्ड र ओलीलाई सन्यास लिन सुझाव दिएपछि एमाले भित्रै पनि यो विषयले चर्चा पायो।केहि प्रभावशाली नेताले त भट्टराई विरुद्ध सामाजिक संजालमा खरो रुपमै उत्रिएर आलोचमा समेत गरे।
कान्तिपुर टिभीको चर्चित कार्यक्रम टफ-टकमा कुराकानी गर्दैं योगेशले भने- ओलीले मलाई जिताउन मेरो क्षेत्रमा जानुभयो,यो उहाँको म प्रतिको निगाहा भन्दा पनि पदीय दायित्व हो।उहाँले (ओली) ताप्लेजुङगमा गएर मेरो जुन उत्साह बढाउनु भयो,म उहाँप्रति सधैं कृतज्ञ नै हुनेछु।कतिपय मानिसले के ठाने भने ओलीलाई त्यहाँ पठाउनु भनेको योगेश भट्टराईसँग फिरौती लिनु जस्तो हो। यो फिरौतीको कुरा होइन। मैले केपी ओलीको चुनावी क्षेत्र दमक,गौरीगन्जमा गएर भाषण गरेको छु। त्यो मेरो दायित्व हो।
दिलभुषण पाठकले भट्टराइलाई प्रश्न गर्दैं सोधे- केपी ओलीले ताप्लेजुङमा गएर त्यहाँका मतदातालाई तपाईंहरु योगेश जीलाई जिताएर पठाउनुस्,म मन्त्री बनाउँछु भन्नूभएको थियो,पछि ओलीले मन्त्री बनाइहाल्ने चाहना नदेखाएपछि तपाईं एकाएक यस्तो आक्रामक हनुभएको हो?
पाठकको प्रश्नको जवाफ दिदैं भट्टराइले भने- अध्यक्ष ओलीसँग यस बिषयमा केहि पनि कुरा भएको छैन।उहाँले सार्वजानिक ठाउँमा मलाई मन्त्री बनाउँने मन्तव्य दिनुभयो त्यसले मलाई उत्साहित बनाएकै छ। त्यो कुरालाई म अन्यथा मान्दिन। पार्टी अध्यक्षले मेरो क्षेत्रमा गएर मलाई जिताउनुस् भनिदिएर मेरो दुई-चार हजार भोट बढि आएकै हो। मलाई मन्त्री बनाउने-नबनाउने त्यो ओलीको आफ्नो निर्णयको कुरा हो। मलाई त्यसमा कुनै सरोकार पनि छैन र म त्यसका निम्ति थप आग्रह पनि गर्न जान्न।
भट्टराईले ओलीको दु:खको समयमा पनि आफू ओलीसँगै रहेको बताए।पार्टीको नवौं महाधिवेशनमा ओली र म अलग्गै प्यानलमा थियौ,त्यसमा कुनै लुकाउनैपर्ने कुरै छैन। ओलीलाई अध्यक्ष नबनाउ भनेर हामी लागेकै होउ र मलाई सचिव नबनोस् भनेर ओली पनि लागेकै हुन् तर त्यसको वावजुद पनि ओलीसँग मेरो ‘वर्किंङ रिलेसन’ छ। म उहाँको प्रचार विभाग प्रमुख हुँ।उहाँले दिएका हरेक काम मैले दिएको छु। उहाँको सुझाव मैले मान्ने पनि गरेको छु। हेर्नुहोस् योगेश भट्टराईसँगको कुराकानी


