जान्नुहोस्, सुन्तला खाँदाका ८ फाइदा

अहिले नेपाली फलफूल बजारमा सुन्तलाले धेरै हिस्सा ओगटेको देख्न सकिन्छ। सुन्तलाको मौसम भएकाले पनि बजारभरि सुन्तला देखिनु सामान्य नै हो। चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला। सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ।

जुस बनाएर होस् वा खाजाकै रुपमा पनि खान सकिने सुन्तला प्रकृतिको अनुपम उपहार हो। विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबरले युक्त सुन्तलालाई स्वास्थ्यका लागि उपयोगी फल मान्न सकिन्छ।

सुन्तलामा प्रसस्त मात्रामा भिटामिन सी पाउनुको साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यस्ता एन्टिअक्सिडेन्टहरुले छाला राम्रो राख्न मद्दत गर्छ। एउटा मध्यम आकारको सुन्तलाले दैनिक चाहिने भिटामिन सी आवश्यकता सजिलै पूरा गरिदिन्छ।

नेपालको पाहाडी भेगमा प्रसस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ। सुन्तला सेवनबाट यी फाइदा लिन सकिन्छः

उच्च रक्तचाप : सुन्तलामा पाइने ‘हेस्परिडिन’भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता : सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो।

छालाको सुन्दरता : सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ।

कोलेस्टेरोल : सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ।

क्यान्सर : सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ। एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ। सुन्तलामा पाइने प्रसस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ।

स्वस्थ मुटु : सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पुर्‍याउँछ।

दृष्टि : सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवस्यक तत्व हो। यसले उमेरसँगै गुम्ने दृष्टि क्षमातालाई बचाउन मद्दत गर्छ।

कब्जियत : सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ।

सुन्तलाको फल मात्रै नभएर यसको बोक्रा पनि कतिपय पोषक तत्वले भरिपूर्ण हुन्छ। तसर्थ, अहिले सुन्तलाको मौसममा खाजाका रूपमा सुन्तला खानु र आफ्नो परिवारलाई खान प्रोत्साहन गर्नु स्वास्थ्यको दृष्टिकोणले आवश्यक छ। – प्रविना भट्टराई / स्वास्थ्य खबर ।

(भट्टराईले न्युट्रिसन एन्ड डाइटेटिक्समा बिएससी गरेकी हुन्)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।