१० हजार मधेशीलाई समूहगत रुपमा नेपाली सेनामा प्रवेश गराउनुपर्छ : राजपा नेता कर्ण

राजपा (राष्ट्रिय जनता पार्टी) नेपालका नेता वरिष्ठ अधिवक्ता तथा पर्सा ४ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित लक्ष्मण लाल कर्णले आफूले चुनाब जित्नुमा त्यस क्षेत्रका जनताहरुको माया र पत्रकारहरुको सकारात्मक भूमिकाले समेत काम गरेका बताए।

माउण्टेन टेलिभिजनको कार्यक्रम राजनीतिमा कुराकानी गर्दै कर्ण भन्छन्- पर्साको ठोरीमा पहाडे समुदायको एघार हजार भोट रहेको छ।त्यहाँबाट अहिलेसम्म कुनैपनी मधेशी नेताले चुनावमा जम्मा २ देखी ६ वटा सम्म भोट पाएको थिए तर मैले यसपटक चारयस पन्ध्र भोट पाए।यो भोटलाई मैले पहाडिया समुदायबाट पाएको माया-स्नेह सम्झेको छु।

अन्तरक्रिया नगर्दा पहाडी र मधेशी समुदायबिच खाडल भयो,म मधेशी र पहाडि समुदाय बिच पुलको काम गर्छु भनेर ठोडिमा रहेका पहाडि समुदायलाई भनेको कारणले पहाडि समुदायको मन जित्न सकेको कर्ण बताउछन्।

कर्ण भन्छन्- भारतमा समेत हिन्दि भाषा कसैको पनि मातृभाषा होइन,त्यहाँ हिन्दि भाषा सम्पर्क भाषा मात्रै हो,त्यस्तै मधेशमा बस्ने सबैको सम्पर्क भाषा हिन्दि भाषा हो। त्यसैले मधेशमा हिन्दिलाई सम्पर्क भाषा बनाउनुपर्छ।

नेपाली सेनामा मधेशीलाई कम भर्ना लिने कर्णको भनाई छ।कर्ण प्रश्न गर्दै भन्छन् – मधेशीलाई नेपाली सेनामा नलिनपर्ने कारण के ? दश हजार, पाँच हजार मधेशीलाई नेपाली सेनामा समूहगत रुपमा प्रवेश गराउनपर्ने कर्णको भनाई छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖