एक प्रशिक्षार्थी डाक्टरको भरमा जिल्ला अस्पताल !, मेसिन बिग्रियो भन्दै बिरामीलाई घर फर्काउदै (भिडियो सहित)
कोही नभएर समस्यामा छन् त हुनेहरु भएर पनि समस्यामा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मुगुमा यस्तै समस्या छ । अस्पतालमा तीन वटा एक्सरे मेसिन छ । तीन वटा मेसिन मध्ये एउटा पुरै थन्किएको छ । बाँकी रहेका दुई वटा मेसिन पनि संचालनमा छैनन् । कारण, मर्मत गर्ने जाँगर नहुनु । यसको मार सेवाग्राहीले भोग्नु परेको छ ।


