अदालतमा न्याय कसरी किन बेच हुन्छ ? न्यायधिश कुन हदसम्म भ्रष्ट हुन्छन ? – सुनौ पूर्वन्यायाधीश वस्तीबाट

प्रधानन्यायाधीश गोपाल पराजुलीको बिरुद्ध डाक्टर केसीले थालेको अनसन र त्यसले शुरु गराएको नयाँ बहसको कोण कुनै नया होइन । न्यायालयमा हुने भ्रष्टाचार लगायत अहिले सर्वोच्चमा रहेका केहि न्यायाधीशहरुको बारेमा ४/५ बर्ष पहिलेदेखि कान्तिपुर , अन्नपूर्ण पोष्ट , नागरिक सेतोपाटी जस्ता राष्ट्रिय मिडियामा थुप्रै चर्चा र बहस भैसकेको छ । अहिलेको स्थितिलाई बुझ्न त्यो बेलाको स्थितिलाई पनि बुझ्न जरुरि हुन्छ कि कसरी सर्वोच्च अदालतका तत्कालिन अस्थायी न्यायाधीश प्रकाश वस्तीलाई स्थायीमा पदोन्नति नगरिकन बाहिरिन बाध्य पारिएको थियो भनेर ।

तत्कालिन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मापछि रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ र सुशीला कार्की क्रमशः प्रधानन्यायाधीश भए पछि त्यसपछिको रोलक्रममा रहेका प्रकाश वस्तीलाई फालिएपछि सुशिला कार्कीलाई गोपाल पराजुलीले विस्थापन गर्ने चाँजोपाँजो न्यायपरिषद्ले त्यही बेला मिलाएको चर्चा कान्तिपुरको साप्ताहिक नेपालमा उलेख गरिएको स्मरणीय हुन् आउछ । पराजुली पछि दीपकराज जोशी र चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश बन्नेछन्। यी तीन जनालाई प्रधानन्यायाधीश बनाउन प्रकाश वस्तीलाई मात्र फालिएन, पुनरावेदनमा रहेका अरू काबिल न्यायाधीशलाई पनि सर्वोच्चमा आउन दिइएन। कानुन व्यवसायी समुदायबाट पनि न्यायाधीश नियुक्त गरिएन भन्दै कान्तिपुरले तेसै बेला लेखेको थियो।

सर्बोच्चबाट सेवानिवृत भए पछि लामोसमयसम्म गुमनाम झैँ बसेका पुर्व न्यायाधीश प्रकाश वस्तीसंग टफटकका प्रस्तोता दिलभूषण पाठकले १४ अगष्ट २०१४मा एक अन्तर्वार्ता लिएका थिए जसमा वस्तीले ”अदालतमा न्याय कसरी किन बेच हुन्छ” भन्दै एक महत्वपूर्ण अन्तर्वार्ता दिएका थिए जुन अति नै चर्चित पनि रहेको थियो जुन आज पनि उतिकै महत्वपूर्ण छ ।

सबैले हेर्नै पर्ने एक महत्वपूर्ण अन्तरबार्ता –इमान्दारीताको कुनै मुल्य नै छैन यहाँ भन्दै सर्वोच्च अदालतका पुर्ब न्यायाधीश प्रकाश वस्तीले खोले मुख ”न्यायधिश कुन हदसम्म भ्रष्ट हुन्छन ! वकिल , पत्रकार , न्यायाधिश सबै बिचाैलिया जग्गाकाे काराेबारमा मन्दी अाएका बेला दलालहरु अदालत पसेका थिए मुद्धा ठेक्का लिन् । किनकी त्यहाँ ठुलाे रकमकाे खेल हुन्थ्याे । ” प्रकाश वस्ती ,तत्कालिन सर्बोच्य अदालतमा अस्थायी न्यायाधीशको रुपमा काम गरे , अनि जनतादेखि नागरिक समाज , राजनैतिक दलहरु सबैले उनको कामको प्रसंसा पनि गरे तर अन्तिममा उनै वस्तीलाई तत्कालिन कांग्रेस-एमाले सरकारले उनलाई स्थायी न्यायाधीश बनाउनु मानेनन त्यो पनि नरहरि आचार्य जस्तो निष्पक्ष ब्यक्तित्व कानुनमन्त्री हुदा कस्तो विडम्बना ! अन्तर्वार्ता पुरानो भए पनि अझै उतिकै महत्वपूर्ण छ अदालत भित्र हुने भ्रष्टाचारलाई बुझ्नुलाई ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।