डोल्पामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गरियो

दुनै, डोल्पा, ३० पुस । जिल्लामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गरिएको छ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले तथ्यांक संकलन गर्न शुरु गरेसँगै महिला सशक्तीकरण केन्द्र डोल्पाले साविकका पाँच गाविसभित्र २० प्रतिशत महिला आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका त्रिपुराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २५० घरधुरीमा सर्वेक्षण गरिएको केन्द्रका कोषाध्यक्ष काली चलाउनेले बताउनुभयो ।

चेतनाका कमीको कारणले पनि आङ खस्ने रोगको समस्या धेरै भएको जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभव सुनाउनुभयो ।

“कर्णालीका महिलालाई पौष्टिक आहार पनि छैन, काम नगरी खान पुग्दैन, उनीहरुलाई बाध्यता रहेको छ”, उहाँले भन्नुभयो । “पहिले पहिले महिला लाज मान्ने गर्थे, अब त सजिलै भन्न सक्ने भइसकेकाले आङ खस्ने रोगसम्बन्धी जानकारी दिन सहज भएको छ ।”

जिल्लामा पहिलो पटक महिलाको स्वास्थ्यलाई ध्यानमा राखी केडले आङ खस्ने रोगसम्बन्धी खोजमूलक काम गर्न लागेको छ । उनीहरुको पहिचानपछि जाँच गरिने र तराईका जिल्लामा निःशुल्क उपचार गरिने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।