देउवासँग पहिलो संविधानसभा निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका यी सभासद जो बन्न पुगे रेष्टुरेण्टको वेटर ! यस्तो छ रोचक प्रशंग…

आफैँ मालिक, आफैँ कुक, आफैँ वेटर

पछिल्लो साताको एक मध्याह्न नयाँ बानेश्वर नजिकै थापागाउँस्थित एउटा रेष्टुरेण्ट छिर्दा मेरा आँखा एक जना वेटरको हुलियामा टक्क रोकिए ।चिने–चिने झैँ लाग्यो । साथीले भन्यो, त्यो मान्छे त सभासद पो हो ! फेरि नियालेर हेर्दा थाहा भयो कि, ति त पहिलो संविधानसभा सदस्य कमल क्षेत्री थिए । जसले कञ्चनपुर तत्कालिन निर्वाचन क्षेत्र ४ बाट प्रत्यक्ष चुनाव जितेर आएका थिए ।जिज्ञासा उब्जियो कि, ‘सभासद भइसकेको मान्छे कसरी रेष्टुरेण्टको वेटर बन्न आइपुगे ?’ हँसिलो अनुहार । शान्त स्वभाव । मिठो मुस्कानसहित ग्राहकसँग अर्डर लिरहेका कमल हाम्रो आग्रहपछि गप्फिन आइपुगे । खासमा हामी बसिरहेको रेष्टुरेण्ट उनै सभासद कमल क्षेत्रीको रहेछ ।चार वर्षयता रेष्टुरेण्ट व्यवसाय संचालन गर्दैआएका रहेछन् । चार वर्षयता रेष्टुरेण्ट व्यवसाय संचालन गर्दैआएका उनी आफैँ कुक र वेटर पनि हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग पहिलो संविधानसभा निर्वाचनमा प्रतिष्पर्धामा थिए कमल । झिनो मतान्तरले पराजित भए । तर दुई स्थानबाट विजेता देउवाले कञ्चनपुको क्षेत्र नम्बर ४ छोडेपछि कमललाई उपनिर्वाचनमा अर्का उम्मेवार कांग्रेसका यज्ञराज जाेशीसँग चुनाव लड्ने मौका मिल्यो । र जिते पनि । नेपाल आजको साथ बार्तालाप हेर्नुहोस् भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।