भारतका लागी पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायको खरो प्रश्न,- भारतलाई नेपालमा हस्तक्षेप गर्न दिने हामी नालायक कि भारत ?

भारतका लागी पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायले दोस्रो पटक प्रचण्ड र देउवाको आग्रहमा भारतको राजदुत बनेको बताए। माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै उपाध्यायले उक्त कुरा बताएका हुन्।

नेपालका राजदुतले भारतका प्रधानमन्त्री,राष्ट्रपतिलाई भेट्न मुस्किल हुने र कुनै औपचारिक कार्यक्रममा पनि मुस्किलले दुइ-चार मिनेट मात्रै कुराकानी हुने उपाध्याय बताउछन्।

भारतीय नाकाबन्दीको समयमा आफूले भारतीय अधिकारीसँग नाकाबन्दीको बिषयमा विरोध जनाउदा उनीहरुले नाराबन्दी नलगाएको दावी गरेका र आफूले त्यस्तै भनाई सार्वजानिक गर्दा आफूप्रति मानिसहरु नकारात्मक बनेका उपाध्यायको भनाई छ।

उपाध्याय अगाडी भन्छन्- नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा समेत सानो समाचार बन्ने गर्छ तर म राजदुत बनेर जाँदा भारतीय मिडियामा मेरो धेरै चर्चा भएको थियो।

भारतका ठूला मिडियाका मानिसहरु र विदेशमन्त्री सुष्मा स्वराजले समेत आफूले चुनाव लड्ने कुरा सुन्दा टिकट पाउने,नपाउने र कांग्रेस सत्तामा आउने-नआउने कुरामा जिज्ञासा राखेको उपाध्यायले खुलासा गरे।

भारतले नेपालमा हस्तक्षेप गर्नुको मुख्य कारण सार्वभौम मुलुक नेपालका नेताहरु दिनभरी भारतलाई गाली गर्छन् साँझ उनीहरुसँगै डिनर खान्छन् र बेडरुममा भेट दिएर सिस्टममा नचल्ने छन् त्यसैले भारतले नेपाललाई हेप्छ।

भारतले नेपालमा हस्त़ेप गरेको छ कि छैंन भन्ने प्रश्नमा पूर्व राजदुत उपाध्यायले भने- भारतलाई नेपालमा पस्ने वातावरण दिने हामी नालायक कि रुचि राख्ने नालायक ? हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।