बन्दको अबज्ञा गरेको भन्दै मोटरसाइकल तोडफोड, आमहडतालले जनजीवन प्रभावित (भिडियो सहित)
धनकुटा खबर । बन्दको अबज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधवार विहान मोटरसाइकल तोडफोड गरेका छन् । संखुवासभाको सभा पोखरी वाट धरान तर्फ जाँदै गरेको चन्द्र राईको २६ प ५६११ को नम्वरको पल्सर वाइक आन्दोलन कारीले तोडफोड गरेका हुन् ।
स्थानिय एक ब्यक्तिको मलामी जानेहरु संग लुकेर जाने क्रममा उनको पहिचान गरी मोटरसाईकलमा आगजनि गरिएको आन्दोलनकारीहरुले बताएका छन् । प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोकिनु पर्ने माग राख्दै धनकुटामा घोषित अनिश्चितकालीन आम हडतालले जनजीवन प्रभावित भएको छ ।
आमहडतालले धनकुटा बजार र कोशी राजमार्गमा यातायात ठप्प छ । सवारी साधनहरुको सुरक्षाका लागि स्थानिय प्रशासनले भेडेटार,मुलघाट,हिले,सिंधुवा लगाएतका स्थानमा सवारीहरु रोकेर राखेको छ ।
धनकुटाका बिभिन्न सडकखण्ड र गल्लीहरुमा आन्दोलनकारीहरुले पहरा दिईरहेका छन् । वित्तिय संस्था, शैक्षिक संस्था पनि वन्द रहने बताइएको छ ।
गएको ३३ दिन देखि जारी आन्दोको क्रममा आजै क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गरिने आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिएका छन् ।


