राष्ट्रिय जनावर ‘गाई’ खानु हुन्न भन्ने कहाँ छ ?, खसीलाई राष्ट्रिय जनावर बनाए कति बाहुन जेल जान्छन् ? : आङकाजी (भिडियो सहित)

काठमाडौँ । आङकाजी सेर्पा बेलाबखत भिभिन्न अभिब्यक्तिका कारण चर्चा र बिबादमा आइरहने जनजाति नेता हुन् ।

केहि दिनअघि पृथ्वी जयन्तिका दिन देशब्यापी ‘राष्ट्रिय एकता दिवस’ मनाइरहँदा उनैको अगुवाईमा पृथ्वीनारायण शाह र दिवसको विरोध गरेपछि उनि पुन: विवादमा परेका थिए । शेर्पाकै अगुवाईमा किर्तिपुरमा पृथ्वीनारायण शाहको फोटोमा थुकेर बिरोध कार्यक्रम गरिए सँगै उनको चौतर्फी आलोचना भएको थियो ।

उनले धार्मिक तथा जातीय राजनीतिक आस्थाका मुद्धाहरुमा खरो रुपमा सामाजिक सञ्जाल तथा बिभिन्न औपचारिक कार्यक्रमहरुमा अभिब्यक्ति दिँदै आएका छन् । जसका कारण उनी पटक पटक बिबादमा पर्ने गरेका छन् ।

यसै बीच एक अन्तर्वार्तामा हिन्दुहरुको ठुलो आस्था रहेको गाई अथवा राष्ट्रिय जनावर काटेर खानु कति ठिक हो भन्ने प्रश्नमा उनले हिन्दु धर्म र सस्कृति प्रति आफ्नो अति ठुलो सम्मान रहेको तर गाई राष्ट्रिय जनावर बनाउदैमा खानै नहुने भन्ने नरहेको बताएका छन् । ‘यदि हामीले खसीलाई राष्ट्रिय जनावर बनायौ भने यो देशका कतिजना मान्छे जेल जान्छन् ?’ उनि भन्छन् । किराँती समुदायले गाई काटेर पुजा गर्ने संस्कारको उदाहरण दिदै कसैको संस्कृतिको प्रतिकुल राष्ट्रिय जनावर बनाउन नहुने उनको तर्क छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।