सरकारले प्रदेश नं. १ को अस्थाई राजधानी बिराटनगर तोकेपछि धनकुटामा यसरी गरियो देउवा र प्रशासकको पुत्ला दहन (भिडियो सहित)

धनकुटा खबर । सरकारले प्रदेश नं. १ को अस्थाई राजधानी बिराटनगर तोकेपछि धनकुटाका जनताले प्रधान मन्त्री र धनकुटाका क्षेत्रीय प्रशासकको पुत्ला जलाएका छन् । आन्दोलनकारीहरुले धनकुटाको जिरो प्वाईन्टमा भेला भएर नाराबाजी र प्रदर्शन गर्दै मन्त्री शेरबहादुर देउवा र प्रशासक राजेश्वरमान सिंहको पुत्ला दहन गरेका हुन् ।

भौतिक,प्रशासनिक,सुरक्षा लगाएत सबै कुराले धनकुटा उपयुक्त भएपनि सरकारले धनकुटालाई राजधानी घोषणा नगरेको धनकुटाबासीहरुको आरोप छ । त्यस्तै सरकारलाई धनकुटाको प्रतिवेदन पठाउादा एकल निर्णय गरेर पठाएकोले धनकुटा राजधानी हुन नसकेको आन्दोलनकारीहरुको भनाई छ ।

सरकारको यो निर्णय धनकुटेलीको लागि कालो दिन भएकोले भोलीबाट अनिश्चितकालिन आम हडताल रहने आन्दोलनका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

३३ दिन देखि धनकुटामा जारी आन्दोलनका क्रममा बुधबार आम हडताल र क्षेत्रीय प्रशासनमा तालाबन्दी गरिएको थियो । निरन्तरको आन्दोलन र हडतालका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण धनकुटा भएर तेह्रथुम,संखुवासभा,भोजपर र ताप्लेजुङ्ग जाने यातायात प्रभावित भएका छन् ।

https://youtu.be/7_UZNuFQbiw



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।