प्रदेश प्रमुख तोकिएपछि अनुराधा कोइरालाले के भनिन् ?

सरकारले ३ नम्बर प्रदेशको प्रमुखमा समाजसेजवी अनुराधा कोइरालालाई तोकेको छ । माइती नेपालकी संस्थापक अनुराधाको परिचय पनि फेरिएको छ । बेचिएका चेलीहरुको उद्दार गर्दै आइरहेकी अनुराधा अब प्रदेश ३ को संरक्षक हुन् । उनले जिम्मेवारी पाएसँगै पहिलो संक्षिप्त अन्तर्वार्ता दिनेक्रममा हामीसँग खुलेरै कुरा गरिन्।

प्रदेश प्रमुख बन्नु भएको छ, बधाई छ ?
–धन्यवाद ।

प्रदेश प्रमुखको जिम्मेवारी पाउँदा कस्तो अनुभव गर्नु भो ?
–मलाई धेरै ठूलो जिम्मेवारी बोध भएको छ । म यो जिम्मेवारी राम्ररी निभाउँछु भन्नेमा दृढ निश्चिन्त छु ।

चुनौती थुप्रै छन्, संघीयता कार्यान्वयनमा पहिलो पटक यो अभ्यास गर्दै छौँ, यो जिम्मेवारी अपनाउने तरीकाबारे केही सोच्नु भएको छ ?
–सम्भवतः म एक्लै त हुँदैन । म सँगसँगै धेरै व्यक्तित्वहरु हुनुहुन्छ । म भन्दा माथि रहेका व्यक्तित्वहरुले दिएको सल्लाह अनुसार चल्छु । म एउटा संस्था चलाएर बसेको मान्छे त्यसबाट पनि कतिपय अनुभवहरु नयाँ जिम्मेवारी पुरा गर्नमा लगाउनेछु। मेरो आफ्नो छवि कायम राख्ने गरेर अघि बढ्छु ।

संविधान पालना गराउने भूमिका यहाँको रहन्छ, विवादरहित भूमिका हुनुपर्दछ, चुनौती कसरी सामना गर्नुहुन्छ ?
–मलाई जुन जिम्मेवारी दिइएको छ । त्यो जिम्मेवारी विवादरहित कुसलतापूर्वक निर्वाह गर्छु । हरेक निर्णय लिँदा सबैको सल्लाह अनुरुप अगाडि बढ्छु ।

नियुक्ति अघि सरकाले तपाईहरुसँग केही सर–सल्लाह गरेको थियो ?
–जानकारी आएको थियो । प्रधानमन्त्री आफैले मलाई भन्नु भएको थियो । मलाई दुई–चार दिन अघि थाहा थियो । कहिले निर्णय हुन्छ भन्ने मात्र बाँकी थियो।

सुरुमा प्रधानमन्त्रीबाटै प्रस्ताव आउँदा कस्तो लाग्यो ?
– पहिला प्रस्ताव आउँदा पनि सोचाइ त्यही नै थियो । म कसरी अघि बढ्ने ? कसरी यो जिम्मेवारीलाई लिउँ भन्ने थियो। किन भने–सामाजिक क्षेत्रको जिम्मेवारी मात्रै सम्हालेको थिए । मैले समाजसेवाको क्षेत्रमा गरेको केहि कामहरुलाई सम्झेर सरकारले मलाई यो जिम्मेवारीमा उपयुक्त सम्झेको होला जस्तो लाग्यो। देशले मलाइ दिइएको यो धेरै ठूलो जिम्मेवारी हो । अहिलेको जिम्मेवारी हेर्दा माइती नेपालको मात्र काम सानै हो यद्यपी माइती नेपालले उठाइरहेको मुद्धा ठूलो हो। अब एउटा प्रदेशको प्रमुख भएर सम्पूर्ण जिम्मेवारी लिँदा मैले कुन ढंगले लान्छु भन्ने कुरा प्रस्ताव आएपछि सोचिसकेको थिए ।

प्रदेश प्रमुख तोकिएपछि सुभचिन्तकहरुले के भने ?, पहिलो बधाई कसको आयो ?
– पहिलो बधाई मेरो अफिसकै साथीहरुले दिए । मेरो छोरा मनिषले बधाई दियो । डाइरेक्टर हुनुहुन्छ विश्वराम खड्का उहाँले दिनुभयो । माइती नेपालका परिवारले दिए । म बसिरहेको टोल पिंगलास्थानका छरछिमेकी सबैले वधाई दिए ।

माइती नेपाललाई चिन्नेहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा, कसको कसरी बधाई पाउनुभयो ?
–कतै दिन होला, कतै रात होला । समाचार जहाँजहाँ फैलिन्छ, त्यसै अनुसारले बधाई आउँदै जालान् । मेरा आफ्नो साथीहरुलाई पनि मैले पनि भनिराखेको छुँ ।

कार्यकाल सफलताको शुभ-कामना ?
–धेरै धेरै धन्यवाद । नियुक्तीको निर्णय भएपछि हाम्राकुरा डटकममा दिएको यो नै पहिलो अन्तर्वार्ता हो। मैले पाएको जिम्मेवारी कुसलतापूर्वक निभाउने बाचा गर्दछु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।