यसरी शुरु भयो धनकुटामा कर्फ्यु…, हेर्नुस भिडियो

धनकुटा खबर । सरकारले प्रदेश नं.१ को राजधानी बिराटनगरलाई तोकेपछि धनकुटामा ३३ दिन जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि धनकुटामा अन्श्तिकालिन कफ्र्यु लागु गरिएको छ । आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी साधनहरुमा आगजनी र तोडफोड गरेपछि स्थानिय प्रशानले उक्त कफ्र्यू आदेश जारी गरेको हो ।

बिहिबार बिहान आन्दोलनकारी र प्रशरी बीच भएको धडपकडका कारण धनकुटा बजारका बिभिन्न स्थानहरुमा झडप भएको थियो । धनकुटाको,मदन चौक,बिच बजार,भिमनारायण चौक लगाएत बिभिन्न स्थानमा भएको झडपमा स्थिति नियन्त्रण लिन प्रहरीले करिव आधा दर्जन अश्रु ग्यांस प्रहार गरेको थियो ।

आक्रोशित आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेर एक कोठाको क्प्युटर र फनिर्चर जलाईदिएका छन् । त्यस्तै सहरी बिकास कार्यालयको को १ बा १०६४ नं.को मोटरसाईकल जलाईदिएका छन् । त्यतै आगो निभाउन गएका धनकुटा नगरपालिकाको बारुण यन्त्र(दमकल)मा तोडफोड गरिएको छ ।

त्यस्तै मोरङ्गबाट भोजपुर बिरामी लिन गएको को २ च ४३२ नं.को एमबुलेन्समा समेत तोडफोड गरिएको छ । आन्दोलनकारीहरुले श्रेत्रीय प्रशासन,शहरी बिकास,हुलाक,उच्च अदालत बिराटनगर धनकुटा ईजलास,मालपोत लगाएतको बिभिन्न कार्यालयहरुमा तोडफोड गरेका छन् ।

झडपमा परी नेपाली कांग्रेस धनकुटाका कोषाध्य दिनेश राई सहित ७ जना घाईते भएका छन् । राईको टाउकोमा चोट लागि गम्भिर घाईते भएको र अन्यको अबस्था सामान्य रहेको आन्दोलन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । जिल्लाको अबस्था थप गम्भिर हुन नदिन कफ्र्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिए ।

https://youtu.be/SpY486QUiBQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।