धनकुटा आन्दोलन : हेलो सरकारको कोठा पूर्ण रुपले जलेर ध्वस्त, झडपमा ९ जना घाईते
धनकुटा खबर । प्रदेश नं १ को प्रादेशिक राजधानी बिराटनगर तोकेको बिरोधमा आज धनकुटाको क्षेत्रिय प्रशासन कार्यालयमा आगो लगाईएको छ । आन्दोलन परिचालन समितिको चारसय जतिको हुलले आगो लगाई तोडफोड गरी क्षति गरेको उप-प्रशासक सेवन्त दाहालले जानकारी दिए ।

कार्यालयमा भएका कम्प्युटर २ थान, डेक्सटप १ थान, पिन्टर १ थान, आईपि फोन २ थान, एसी २ थान , स्क्यानर १ थान, टेबल ४ थान, कुर्सी १२ थान, हेलो सरकारको कोठा पूर्ण रुपले आगो लागि जलेर ध्वस्त भएको र कार्यालयको झ्याल र ढोकाका साथै झ्यालका सिसा लगायतमा क्षति पुगेको प्रहरी सुजन श्रेष्ठले जानकारी दिएका छन ।
यसैगरी धनकुटा-३ सिप्तिङ्गराट बस्ने सन्तोष रार्ईमाथी पुलिसले गरेको लाठि चार्जबाट घाईते भएका छन् । कागतेका युबराज राईको टिफरमा काम गर्दै आएका राई आफ्नो तलब लिन साहुकोमा गएको बेला मदन चौकमा पुलिसको प्रहारबाट शख्त घाईते भएका हुन । कर्फ्यु लागेकोले उपचार सम्म पनि गर्न नपाएको उनका पिता बाबु राईले जानकारी दिए । त्यस्तै पुलिसकै कुटाईबाट अर्का एकजना सुमन राई पनि घाईते भएका राईका पिताले जानकारी दिए ।
आन्दोलनका क्रममा आन्दोलनका संयोजक सुनदरबाबु श्रेष्ठ,नेपाली काँग्रेसका कोषाध्यक्ष दिनेश राई लगाएत ६ आन्दोलनकारी र ३ प्रहरी गरी जम्मा ९ जना घाईते भएको आन्दोलनकासंयोजक श्रेष्ठले जानकारी दिए ।


