प्रहरीको गतिबिधी बिरुद्ध धनकुटाका दल र सभासद्हरुद्वारा भत्सना (विज्ञप्ती सहित)
धनकुटा खबर । शान्पिूर्ण आन्दोलन बिरुद्ध धनकुटाका प्रहरी प्रमुखले धडपकड गरेको भन्दै जिल्लाका ४ प्रमुख दल र प्रतिनीधि र प्रदेश सभाका प्रतिनीधिहरुले छुट्टा–छुट्टै बिज्ञप्ती जारी गरेर यसको भत्सना गरेका छन् ।

नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,संघिय समाजवादी फोरम नेपाल र पतिनीधि सभाका सभासद् राजेन्द्र राई तथा प्रदेश सभा क र ख का सभासद् द्वय निरन र ईन्द्रमणी पराजुलीले छिुट्टा–छुट्टै बिज्ञप्ती निकालेर बिरोध गरेका छन् ।
एमालेका प्रचार बिभाग प्रमुख नैन बिश्वकर्मा,नेपाली कांग्रेसका जिल्ला सदस्य बिष्णु पौडेल,माओवादी केन्द्रका ईन्चार्ज उज्ज्वल किराती,समाजवादीका जिल्ला कमिटी सदस्य सरोज आठपहरीया र सभासद्हरुले हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ–‘शान्तिपूर्ण तरीकाले गरेको आन्दोलनमा गुण्डागर्दी शैलीमा लाठीचार्ज र धडपकड गर्ने धनकुटा प्रहरी प्रमुखको कार्यशैली प्रति घोर भत्सर्ना गर्दछौं ।’
बिज्ञप्ती मार्फत् दल र सभासद्हरुले झडपमा परी घाईते भए आन्दोलनका संयोजक सुनदरबाबु श्रेष्ठ,नेपाली काँग्रेसका कोषाध्यक्ष दिनेश राई लगाएत ९ जनाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
धनकुटा प्रदेश नं. १ का १४ जिल्लाको मध्यभागमा पर्ने र बिभिन्न भौतिक संरचनाले समेत उपयुक्त भएकोले धनकुटालाई नै राजधानी बनाउन पनि बिज्ञप्ती मार्फत् माग गरिएको छ ।
उता यस बिषयमा जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारीले भने बिभिन्न सरकारी कार्यालयहरु र कार्यालयकै सवारीमा तोडफोड भएपछि सामान्य धडपकड गरेको बताए ।
उनले भने–‘आगजनी र तोडफोड भएपछि सरकारको सम्पत्ति जोगाउनका लागि प्रहरीले त्यति गर्नु कर्तब्य हो ।’
जिल्लामा रहेको निशेधाज्ञा (कफ्र्र्यू) अहिले सम्म जारी रहेको छ ।
विज्ञप्ती:




