हिलेमा शुरु भयो राष्टिय तेक्वान्दो, १७० खेलाडि सहभागी (भिडियो सहित)
धनकुटा खबर । धनकुटाको हिलेमा आजवाट छैठौ राखेप च्याम्पियनसिप राष्टब्यापी तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा सुरु भएको सो प्रतियागितामा देश भरका १७० खेलाडी सहभागि रहेका छन् ।
१६ तौल समुह र १८ पुम्से गरी कुल ३४ इभेन्टमा खेल खेलाइने आयोजकले जनाएको छ ।
३४ स्बर्ण ३४ रजत र ६८ कास्य गरी कुल १३६ पदकको लागि प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले जानकारी दिनुभयो ।
यो प्रतियोगिताका बिजेताले साफ गेम सेलेक्सनमा भाग लिन पाउने छन् । प्रतियोगिता आज र भोलि गरी दुइ दिन सञ्चालन हुने छ ।


