यसरी शुरु गरियो धनकुटाको हिलेमा छैठौं राष्ट्रीय तेक्वान्डो खेल – हेर्नुहोस् भिडियो
धनकुटा खबर । धनकुटाको हिलेमा आजवाट छैठौ राखेप च्याम्पियनसिप राष्टब्यापी तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा सुरु भएको सो प्रतियागितामा देश भरका १७० खेलाडी सहभागि रहेका छन् । १६ तौल समुह र १८ पुम्से गरी कुल ३४ इभेन्टमा खेल खेलाइने आयोजकले जनाएको छ । ३४ स्बर्ण ३४ रजत र ६८ कास्य गरी कुल १३६ पदकको लागि प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले जानकारी दिनुभयो । यो प्रतियोगिताका बिजेताले साफ गेम सेलेक्सनमा भाग लिन पाउने छन् । प्रतियोगिता आज र भोली गरी दुई दिन सञ्चालन हुने छ ।


