कसले बेच्यो राजाको लालमोहर लागेको नेपाल-भारत सन्धिको ओर्जिनल कपी बेलायतलाई ? : किन भइरहन्छ सीमा विवाद ? (भिडियो सहित)

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ स्थित नेपालको ५० बिगाहा जमिन भारततर्फ पर्न गएको भन्दै अहिले नेपालका विभिन्न क्षेत्रमा सोही कुरालाई लिएर आन्दोलन भइरहेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् भने केही पार्टीले प्रेश विज्ञप्ति जारी गर्दै वीरगञ्ज घटनाको विरोध गरेका छन् । वीरगञ्ज घटना भएको भोलिपल्टै सीमावीद् बुद्धीनारायण श्रेष्ठले वीरगञ्जको समस्या कसरी उत्पन्न भयो भनी बिस्तृतमा ब्याख्या गरेका थिए । नेपालआजसँग सीमावीद् श्रेष्ठले व्यक्त गरेका बिचारको सम्पादित अंश ।

‘नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमारेखा छ । यसका लागि ८ हजार ५ सय ५३ खम्बा आवस्यक पर्छन् भनेर अंकन गरिएको छ । तर जमिनमा भने ४ हजार ३ सय ६० खम्बा मात्रै स्थापना गरिएको छ । त्यसमध्ये पनि १० वटा खम्बा त खोलाले बगाएको छ । २ सय खम्बा लोप भएका छन् ।सयौँ ठाउँमा दशगजा नै अतिक्रमण भएको छ । सीमा धमिलो भएकाले अन्तरसीमा जोत कमोत दखल भएर नेपालको भूभाग भारतले हडप्ने अवस्था आएको हो ।

खासमा सीमाअंकन गर्न भनी सन् १९८१ नेपाल–भारत प्राविधिक स्तरीय संयुक्त समिति गठन भएको थियो । उक्त समितिले सीमा नक्सा बनायो र त्यसले सन् २००७ को डिसेम्बरसम्म काम गर्यो । समस्या कहाँबाट पनि आयो भने उक्त समितिले ९७ प्रतिशत काम सकेर छोडिदियो । र ३ प्रतिशत काम बाँकी रह्यो । कालापानी, लिम्पियाधुरा र लिपुलेक सोही ३ प्रतिशत बाँकी कामको प्रतिफल हो ।

२००७ मा सो समिति बिघटन गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आएका बेला दुई देशबीच ‘बोर्डर ओर्किङ ग्रुप’ गठन भयो । उक्त ग्रुपमातहत ‘सर्वे अफिसियल कमिटी’ गठन भयो । त्यस अन्तरगत जिल्ला–जिल्लामा फील्ड सर्वे टीम पनि बनाइयो । अहिले काम गरिरहेको छ त्यस टीमले । नेपालको चार क्षेत्रमा काम गरेकोमा ठाउँ–ठाउँमा समस्या उत्पन्न भएको छ । त्यही समस्यामध्ये हो, वीरगञ्ज महानगरपालिका वडा १, इनरुवा क्षेत्र ।

खासगरी पुरानो जंगे खम्बा ३३, ३४, ३५ खम्बालाई मूल नमानेर सहायक खम्बा स्थापना गर्न लागेको बेला नेपालतर्फको भूभागमा स्थापना गर्न लाग्दा नेपालको भूभाग मिचिएको भन्दै विवाद आएको हो । बद्रीप्रसाद कानुको जमिन भारततर्फ पर्न गयो भनी जे समाचार आएको छ, त्यही एउटा समस्या हो । पुरानो जंगे खम्बालाई मान्य नगरेर नयाँ खम्बा गाड्न खोज्दा यस्तो समस्या आएको हो ।

वीरगन्जमा किन समस्या ?

सीमा नापीको इतिहास अनुसार सन् १८१६ मा सुगौली सन्धी अनुसार सीमा नापी र नक्सा बनाउने काम भयो । जंगे खम्बा ठोकियो । जुन काम ब्रिटिश सर्भेयरले गरेका थिए । १८६० पछि १९८२ र ८३ मा अंग्रेजले जंगे खम्बा गाडेका थिए । तिनलाई बेवास्ता गरेर नेपाल र भारतका सर्वेयर बसेर नक्सामा रातो लाईन ताने । अहिले भनिने ‘रेडलाईन’ नक्सा भनेको त्यही हो । हाम्रै कमजोरी र सुझबुजको कमीले सन् १८८९ मा रातो लाईन तानियो । रातो लाईन तान्ने क्रममा पुरानो जंगे खम्बा भारततर्फ पर्ने गरी रातो लाईन तानिएको थियो । त्यसक्रममा हाम्रो तर्फबाट ब्यापक कमजोरी भयो । त्यही क्रममा जंगे खम्बा नम्बर ३३, ३४ र ३५ निस्क्रिय भएको हो । अहिले आएर सोही रेडलाईन म्याप अनुसार खम्बा गाड्न खोज्दा वीरगञ्जको समस्या उत्पन्न भएको हो ।’- किन भइरहन्छ सीमा विवाद ?, सीमावीद् बुद्धीनारायण श्रेष्ठसँगको अन्तरवार्ता ।

– नेपालआजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।