मध्यमाञ्चललाई छैटौ राष्ट्रिय तेक्वान्दोको उपाधी (भिडियो सहित)

धनकुटा खबर । मध्यमाञ्चलले धनकुटाको हिलेमा जारी छैटौ राखेप च्याम्पियनसीप तेक्वान्दो प्रतियोगिताको पहिलो स्थान जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले १२ स्वर्ण, ३ रजत र ४ काश्य पदक सहित प्रथम भएको हो ।

यसैगरी, दोश्रो भएको पश्चिमाञ्चलले ५ स्वर्ण, ४ रजत र ६ काश्य पदक जितेको छ । तेश्रो भएको पूर्वाञ्चलले तीन स्वर्ण, ८ रजत तथा ६ काश्य पदक जितेको छ ।

दोश्रो दिन भएको क्योरोगीको ४६ किलो तौल समुहमा पूर्वाञ्चलकी विनिता घिमिरे, ४९ मा पश्चिमाञ्चलकी दिना तामाङ, ५३ मा पश्चिमाञ्चलकी पार्वती पाण्डे र ५७ मा पूर्वाञ्चलकी सुनिता तामाङ पहिलो भए ।

६२ मा मध्यमाञ्चलकी कुसुम पौडेल,६७ मा पश्चिमाञ्चलकी समिक्षा राना, ७३ मा मध्यमाञ्चलकी अस्मिता रिजाल र ७३ किलो भन्दा माथिको तौल समुहमा मध्यपश्चिमकी उमा सोमै पहिलो भए ।

५४ किलो तोल समुहमा पश्चिमाञ्चलका तपन कुमार केवट, ५८ मा मध्यमाञ्चलका सुरेन्द्र कुर्वर, ६३ मा पूर्वाञ्चलका शुक्र विक र ६८ मा पश्चिमाञ्चलका प्रेम बहादुर नेपाली पहिलो भए ।

७४ मा मध्य पश्चिमका सुजन रोका मगर, ८० मा मध्यमाञ्चलका सविपिन राज सिंह, ८७ मा सुदुर पश्चिमका डम्बर बोहरा र ८७ किलो भन्दा माथिको तौल समुहमा मध्यमाञ्चलका मान बहादुर वाइवा पहिलो भए ।

पुरुषमा पश्चिमाञ्चलका केवट र महिलामा पुर्वाञ्चलका सुनिता उत्कृष्ट खेलाडी घोषित भए ।

पुम्सेको महिला १८ देखि उमेर समुहमा मध्यमाञ्चलकी सबिना खड्का, १५ देखि १७ बर्ष जोडीमा सोही टोलीका श्रीजना महतो र अमर दराइ,१८ देखि ३० बर्ष उमेर समुहको जोडीमा बजुर लामा र रबिना खड्का पहिलो भए ।

१८ बर्ष माथिको समुहमा दिनेस सुनार, सुमित लामा राजन गमाल पहिलो भए । १८ बर्ष माथिको महिला समुहमा गंगा कार्की, सपना लीँम्बु र निम्सुंग लीम्बु पहिलो भए ।

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिब कोइराला र महासचिव राजकुमार कार्की लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।