नेपाली कांग्रेस धनकुटाद्वारा संयुक्त राजिनामा, यस्तो छ कारण… – भिडियो सहित

धनकुटा खबर । आफ्नै पार्टीको सरकारले प्रदेश नं.१ को अस्थाई राजधानी नतोकेर अन्याय गरेको भन्दै नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यमिति सहित स्थानिय सबै तहका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।

जिल्ला कार्य समिति धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा पत्रकार सम्मेलन गरेर जिल्लाका ३१ पदाधिकारी सहित स्थानिय ७ तकका सबै पदाधिकारीहरुले राजिनामा दिएको जानकारी दिएको छ ।

आफ्नो दल र सरकारले धनकुटाको ईतिहाँसलाई नामेट पारेर बिराटनगरलाई तोकेको बिषय गलत भएको भन्दै जिल्ला,नगर र गाउँपालिकाका करिव २ सय पदाधीकारीहरुले राजिनामा केन्द्रिय समितिमा बुझाएका हुन् ।

पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्तीमा जारी गरेर राणाकाल, पञ्चायतकाल, वहुदलिय व्यावस्थामा समेत क्षेत्रिय सदरमुकामको रुपमा कायम रहेको, प्रयाप्त भौतिक पुर्वाधार रहेको र १४ जिल्लाको केन्द्र रहेपनि अन्तराष्ट्रिय सिमा क्षेत्रमा पर्ने गरी अस्थायी राजधानी तोकिएमा आम धनकुटेली अत्यन्तै दुःखी एवं अन्यायमा परेका छौं भनिएको छ ।

धनकुटेली जनताले विगत ३६ दिन देखी लगतार आन्दोलन गर्दा पनि सरकारले गरेको अदुरर्शिता र अन्यायपुर्ण निर्णय गरेकोले धनकुटालाई अस्थाई राजधानी नतोके सम्म पार्टीको सदस्य फिर्ता नलिने पनि सभापति पौडेलले वताए ।

यस कुराको सुनुवाई नभएमा दोस्रो चरणमा जिल्लामा रहेका १ हजार ९ सय क्रियाशिल सदस्यहरुले राजिनामा दिनको लागि परामर्श थालिने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टी नेता दिनेश राई, विष्णु पौडेल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।