७ होईन २५ गाउँ ठगेका रहेछन् श्याम परदेशीले, हुँदै नभएको रोग देखाएर सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने एबी ल्याबमा लाग्यो ताल्चा

हुँदै नभएको रोग देखाएर सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने ललिपुरको इमाडोल स्थीत एबी ल्याब जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ताल्चा लगाएको छ ।

ल्याब सञ्चालक विनोद कापरीले ललिपुरका कृष्णलाल श्रेष्ठले ल्याब टेष्ट पछि क्षयरोगको रिपोर्ट दिएका थिए ।

त्यही रिपोर्टका आधारमा चलाएको औषधीले नकरात्मक रियाक्सन देखाएपछि पुन जिन एक्सर्पट मार्फत चेक गर्दा उनलाई क्षयरोग नै नभएको पुष्टि भएको थियो । यो बिषयमा एबी ल्याव सञ्चाल विनोद कापरीसँग लाइभ कुरा गर्दा उनले आफ्नो ल्याबको गल्ती नभएको र उल्टो हामीले गलत रिपोर्टीङ गरेको आरोप लगाए ।

हामीले एबी ल्याबको बिषयमा रिपोर्टीङ गरेपछि ललितपुरस्थीत जिल्ला जनस्वास्थ्य कार्यालयको ध्यान आकर्षण गरायौँ । यस लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय ललिपुरबाट क्षयरोग विशेषज्ञसहित सरोकारवालाको टोलीले एबी ल्याबको अनुगमन गर्दा एबी ल्याब नै अवैध रहेको भेटिएको छ ।

एबी ल्याब संचालनका लागि स्वास्थ्य मन्त्रालय अन्तरगतका कुनै पनि निकायमा दर्ता भएको छैन । यति मात्रै हैनि ल्याबको लागि आवश्यक कुनै पनि पुर्वाधार छैन ।

साथै ल्याबले दिएको क्षयरोगको रिपोर्ट गलत भएको हामीेले यस अघिनै पुष्टि गरेका थियौ । जिल्ला जनस्वास्थ्य टोलिले समेत एबी ल्याबको विनोद कपारीले दिएको रिपोर्ट नै गलत भएको स्पष्ट पारे ।

एबी ल्याब अवैधानिक हुनुको साथै पुर्वाधार पनि नपुगेको भेटीएपछि अनुगमन टोलीले ल्याबको शिलबन्द गरेको छ ।

अनुगमन टोलि ल्याबको अनुगमनका लागि पुगेर पटक पटक विनोद कापरलाई बोलाउँदा समेत आँफु बाहिर रहेको भन्दै उनि आएन् ।

अब सम्पुर्ण कानुनी प्रक्रिया सुरु गरेर ल्याब सञ्चालकलाई आवश्यक कारवाही गरिने जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

सात गाउँ ठग्ने श्याम परदेशीको खोजीमा ‘सिधाकुरा’ टिम सर्लाही पुग्यो

जाली तमसुक बनाएर ७ गांउका ३ सय परिवारलाई ठग्ने श्याम परदशीले दुई दर्जन बढी गांउका अन्य सयौ मानिसहरुलाई ठगेका रहेछन् ।

सर्लाही जिल्लाको विभिन्त्र गांउबाट पीडितहरु हाम्रो कार्यालय आएपछि हामीले यो विषयमा रिपोर्टिङ गरेका थियौ । हामीले रिपोर्टिङ गरेपछि श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण शाहालाई पटक पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आएन्न् ।

श्याम परदेशीलाई खोज्न र जाली तमसुक बनाएर ठगिएकाहरुको अवस्था बुझ्न हामी सुर्लाहीको हरिपुर गांउमा पुग्यौ ।

हाम्रो टिम हरिपुर स्थित गिरीजादेवी चौधरको घर पुग्ने वित्तिकै उनि रुन थालिन् । श्याम परदेशीसंग उनका श्रीमान जयप्रकास चौधरीले १ लाख रुपयां लिएका छन् ।

एक लाखको कागज गरेर उनलाई ८० हजर रुपैयां दिएछ । ८० हजारको ब्याज गरेर उन्ले १ लाख रुपैयाँ बुझाई सकिन् तर अदालतले श्याम परदेशीलाई उनले ३० लाख दिनु पर्ने भनि पक्राउ पुर्जी पठायो । लेख्न पढ्न नजान्ने यो परिवार त्यो पुर्जी आएदेखि रोईरहेको छ ।

हरिपुरका जयप्रकास चौधरी मात्र होईन् सर्लाहीको, लालबन्दी, पोखरीया, असलमा, बयलवास, नवलपुर लगायत २५ गाउँका गरीब परिवारलाई जाली तमशुख बताएर ठगेका छन् श्याम परदेशीले ।

यो दुखानी चौधरीको घर हो । उनले पनि श्याम परदेशीसंग ३ लाख रुपैंया लिएकी थिईन् । त्यो तिरी पनि सकिन् ।

तर उन्लाई पनि जिल्ला अदालत सर्लाहीले श्याम परदेशीलाई ९० लाख तिर्नुपर्ने भनी पुर्जी काटेको छ । यति मात्र होईन १२ बर्षकी छोरी आफुसंग रात बिताउन पठाए सवै ऋण मिनाह गरिदिने समेत भनेको पीडितले यस अघिनै बताई सकेकी थिईन ।

श्याम परदेशी अहिले पनि गांउका केही व्यक्तिहरुलाई भेटी तिमीहरुले मिडियामा लविङ नगरे आफुले ऋण मिनाह गरिदिने बताईरहेका छन् ।

हरिपुरकै पानुदेवी सहानी उनका श्रीमान नायायण सहानी अहिले पनि लुकि लुकि हिडिरहेका छन् ।

५ दिन अघि मात्रै उन्लाई खोज्न घरमा प्रहरी आईपुग्यो । उनिहरुले पनि श्याम परदेशीसंग २ लाख रुपयां लिएका थिए ।

पैसा तिरिसके तर अदालतको २५ लाख तिर्नु पर्ने भनि पुर्जी काटिएको छ । यसरी अदालतको पुर्जी काटिएका सय जना भन्दा बढी छन् ।

प्रहरीलाई प्रभावित पार्न सक्ने ठाउंहरुमा अहिले पनि श्याम परदेशी पीडितहरुलाई तर्साउन प्रहरीको दुरुपयोग गरिरहेका छन् ।
श्याम परदेशीबाट ठगिएकाहरुको उजुरीका आधारमा यस अघिका प्रमुख जिल्ला अधिकारीले श्याम परदेशीले ठगि गरेको भनि छानविन पनि गरेका थिए । तर श्याम परदेशी आज पनि भागिरहेका छन् ।

२०७३ साल ११ महिना ३ गते जिल्ला प्रशासन कार्यालयले १५ दिनमा उन्लाई उपस्थित गराउन प्रहरीले पत्र पठाएको थियो । एक बर्ष पुग्न लाग्यो प्रहरी श्याम परदेशीलाई समाउदैन उल्टो पीडितहरुलाई समाउछ् ।

यी त हरिपुरका केही प्रतिनीधि पात्र मात्र हुन् । श्याम परदेशीले ठगेको अन्य दुई दर्जन गाउँमा हामी पुगेकै छैनौ । हरिपुर पुग्दा पनि श्याम परदेशीले आफ्ना मानिस हाम्रो पछाडि पठाएका थिए ।

लुकी लुकी आफन्तकोमा बसिरहेका श्याम परदेशीले हाम्रो सम्पर्कमा आएका छैनन् भने प्रहरी प्रशासनको सम्पर्कमै छन् ।

– न्यूज २४ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖