बरण्डा र पेटीमा बसेर धनकुटेलीले यसरी थाल ठटाउँदै विरोध गरे – भिडियो सहित

आज पनि धनकुटा बजार बन्द

धनकुटा खबर । प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटा मागिरहंदा सरकारले विराटनगर तोकिएपछि विरोधमा उत्रिएका धनकुटावासीले आइतवार घरमा नै बसेर थाल ठ्टाएर बिरोध गरेका छन् ।

स्थानीय प्रशासनले ‘निषेधाज्ञा’ निरन्तर कायम गरेर सभा, सम्मेलन र बिरोधका कार्यक्रम गर्न नदिएपछि धनकुटावासीले घरवाहिर पेटीमा वसेर करिव एक घण्टा थाल ठटाएका थिए ।

प्रदेश नं. १ को अस्थायी राजधानी तोकिनु पर्ने माग राख्दै धनकुटावासी विगत ३७ दिन देखि आन्दोलन गर्दै आइरहेका छन् । आइतवार पनि धनकुटा बजार बन्द छ ।

वजार क्षेत्रका पसल खुलेका छैनन् । त्यस्तै कोशी राजमार्गमा कुनै सवारी साधान चलेको छैन । जसको कारण कोशी पहाडका धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुमको जनजीवन प्रभावित वनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।