‘जनयुद्धमा एउटा झोला बोक्ने माओवादी नेताहरुले शान्ति सम्झौतापछि लुटेर सम्भ्रान्त बने’ : गोपाल किराती
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री गोपाल किरातीले एमाले- माओवादी एकता नभएर माओवादी पार्टी एमालेमा विलय हुन लागेको बताए। किरातीले सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जिवराम भण्डारीसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।
किरातीले आफू दुई पटक मन्त्री हुँदा लुटपाटको व्यवस्था नगरेको बताउँदै,आफ्नो लागी राजनिती नगरी सर्वहारा बर्गको लागी राजनिती गरेको र आफूले कहिल्यै कमाउनतिर नसोचेको बताए।
किराती भन्छन् -एमाले- माओवादी एकता प्रकृयाले देश, जनता र नेपाली क्रान्तिलाई संकटमा धकल्दैंछ।
किरातीले अगाडी भने- पशुपति भारतीय विस्तारवादको सांस्कृतिक अखडा पशुपतिमा रहेछ,त्यसलाई भत्काउन म २०६४ सालमा संस्कृती मन्त्री रहेको बेलामा पशुपतिका भारतीय पुजारीलाई हटाएर नेपाली पुजारी नियुक्त गरे। पछि आफू मन्त्रीबाट हटेपछि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री र कांग्रेस नेता मिनेन्द्र रिजाल संस्कृती मन्त्री भए।उनीहरुले खोजेर फेरी भारतीयलाई पशुपतिको पुजारी बनाए।
जनयुद्धमा सबै माओवादीहरुको बराबरी सम्पत्ती त्यो भनेको एउटा झोला मात्रै थियो। प्रचण्डले समेत आफ्नो झोला आफैले बोक्न पर्थ्यो।तर शान्ति सम्झौतापछि मौका पाउदा माओवादी केन्द्रका नेताहरुले लुट्न थाले र लुटेर आफूलाई सम्भ्रान्त बनाए। हेर्नुहोस् भिडियो


