धनकुटामा जारी अनिश्चितकालिन आमहड्ताल स्थगित

७ दिन भित्र वार्तामा नबोलाए १५ गतेदेखि पुनः अनिश्चितकालिन आमहड्ताल गरिने

धनकुटा खबर । धनकुटामा जारी अनिश्चितकालिन आमहड्ताल सोमबार साँझबाट स्थगित गरिएको छ ।

प्रशासनले सदरमुकाम धनकुटा बजारमा लगाएको निषेधाज्ञा हटाए सगै आज बसेको आन्दोलन परिचालन समितिको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो ।

फाईल फोटो

सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा धनकुटाबासीले आन्दोलनलाई चर्काउँदै आमहड्ताल आवहन गरेका थिए ।

आज बसेको बैठकले आमहड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले मंगलबारबाट १२ देखि १ बजेसम्म १ घण्टा चक्काजाम गर्ने तथा ७ दिनसम्म एक घण्टे चक्काजाम जारी रहने निर्णय गरेको छ । आन्दोलन परिचालन समितिले सरकारलाई ७ दिन भित्र बार्ता बोलाएर माग संबोधन गर्न अल्टिमेटम समेत दिएको छ ।

सात दिनको अवधिमा पनि वार्ता नबोलाए १५ गतेबाट पुनः अनिश्चितकालिन आमहड्ताल आवहान गरिने आन्दोलन परिचालन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।