राधाकृष्ण मैनाली भन्छन,- वामपन्थीको सरकार बनेपछि नेपाल स्विटजरल्याण्ड झैँ बन्न सक्छ

नेकपा एमालेका संस्थापक तथा बरिष्ठ नेता राधाकृष्ण मैनालीले सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जिवराम भण्डारीसँग कुराकानी गर्दै लामो समयदेखी विभाजित रुपमा रहेको कम्युनिस्टहरु एक ठाउँमा आउनु राम्रो कुरा भएको बताएका छन ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत दुई पार्टीका पहिलो र दोस्रो तहका नेताहरुमा पद बाँडफाडमा समस्या रहेको र ओली,प्रचण्ड दुवै एक अर्कालाई निल्ने दाउमा रहेका मैनालीको भनाई छ।

पार्टी एकतापछि आफ्नो भूमिका र हैसियत कम हुन्छ कि भन्ने चिन्तामा ओली र प्रचण्डमा रहेको बताउदै पार्टी एकिकरणको लागी नेताहरुको व्यवस्थापन मुख्य चुनौती रहेको मैनालीले बताए।

मैनाली भन्छन्- ‘संघियता,गणतन्त्र,धर्मनिरपेक्ष र समावेशी अहिलेको संविधानको चार नारा वामपन्थीको भएकाले अहिले नेपाली कांग्रेस विचारविहिन भएको बताउदै यदि अब बन्ने बामपन्थीको सरकारले इमान्दारीताका साथ जनताको पक्षमा काम गर्ने हो भने कांग्रेस पार्टी सक्किन्छ।’

वामपन्थीहरुको एकता कायम राखेर देश र जनताको हितमा काम गरे भने देश आत्मनिर्भर भएर चीन र भारतबिच पुल बन्न सक्छ।जसरी आज अन्तराष्ट्रिय मंचमा स्विटजरल्याण्डको भूमिका सशक्त छ त्यस्तै भूमिका अन्तराष्ट्रिय मन्चमा नेपालको हुनसक्ने मैनालीले बताए।

कांग्रेस र बामपन्थी शक्ति दुवै मुलुकको लागी अपरिहार्य रहेको बताउँदै कांग्रेस सक्किएर बामपन्थी मात्रै अगाडी आउदा देशको हित नहुने मैनालीले जोड दिए। हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।