अब दु:खका दिन जानेभयो भैसेटारबासीको, लिफ्टिङ्ग पद्दतीबाट गरिदैंछ यस्तो ब्यबस्था…

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका स्थित भैसेटारका स्थानीयबासीका लागि लिफ्टिङ्ग पद्दतीबाट सिँचाइ तथा खानेपनी आयोजना सम्पन्न गरिने भएको छ ।


तस्वीर : पिउने पानी लिन जाँदै भैसेटारबासीहरु

नेपाल सरकारको ३४ लाख लागतमा सम्पन्न हुने उक्त आयोजना पुरा भएपछि वर्षौ देखि तमोर नदीको पानी ल्याएर पिउनुपर्ने वाध्यताको पनि अन्त्य हुनेभएको छ ।

खानेपानी नहुंदा बर्खामा तमोरको धमिलो पानी संगै स–साना ढुंगाको कणहरु संगको धमिलो पनी पिउन वाध्य भईरहेको स्थानीय वासिन्दा हर्क माझी बताउनुहुन्छ् ।

यहाँ अल्पसङ्ख्यक माझी समुदाय र केही तामाङ जातीको मात्र वसोवास रहेको माझीटारका स्थानीयहरु पिउने पानी र नुहाई धुवाई गर्न कोशी नै जानु पर्ने बाध्यता रहेको माझीले बताए ।

आकाशे पानीको भरमा खेती गर्न बाध्य यहाका बासिन्दा लिफ्ट सिँचाई आयोजना सञ्चालनमा आएपछि खानेपानी र सिंचाईको समस्या हटट्नेमा यहाँका बासिन्दाहरु ढुक्क छन् ।

सोलारवाट जडित उक्त लिफ्ट सिँचाई योजना असार मसान्तबाट सञ्चालन गर्न लागिएको सिँचाइ विकास डिभिजन,धनकुटाका प्रमुख राम नरेश मण्डलले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।