रेल मार्ग निर्माणमा भारतीय कम्पनीको मनोमानी, बैंक अफ काठमाण्डौको फेरी अर्काे काण्ड, सिएफएल प्रकरणमा ईटहरीका मेयरको दोधारे जवाफ !
एबी ल्याव बन्द भएपछि ल्याव दर्ता गर्नेहरु बढे, बिना दर्ता धेरै प्रयोगशाला तथा स्वास्थ्य संस्थाहरु सञ्चालमा
काठमाडौं । हुदै नभएको क्षयरोग देखाएर बिरामीको स्वास्थ्य माथि गम्भीर खेलावाड गर्ने ललितपुर इमाडोलमा रहेको एबी प्रयोगसालाई सरकारले ताला लगाएपछि अहिले दर्ता नभएका अन्य प्रयोगशालाहरु दर्ता गरिन थालेका छन् ।
दर्तानै नगरी सञ्चालनआ आएका प्रयोगशालाहरु दर्ता गर्ने प्रकृयामा आएकाछन् । हामीले प्रयोगशाला सम्बन्धी रिपोर्ट प्रशारण गरेपछि जिल्ला स्वास्थ्य कार्यालय तथा टेकु स्थीत राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा दर्ता गर्नेको भिड नै लागेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमडौँमा यो सातामा मात्रै ९ वटा प्रयोगशाला तथा स्वास्थ्य संस्थाहरु दर्ता भएका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ वटा ए वर्गिकरणका ल्याबहरु दर्ता भए भने अन्यले समेत निबेदन दिएका छन् । अहिले फोकस रिफरेन्ट ल्याबरेटरी, क्राउन ल्याबरेटरी, बाग्मती हेल्थ ल्याब, राजधानी डाइगोनस्टीक अहिले दर्ता प्रक्रियामा छन् ।
महतोका अनुसार अझै पनि ५ सय भन्दा बढी इ वर्गका प्रयोगशालाहरु दर्ता विना सञ्चालन भैरहेका छन् । दर्ता प्रक्रियामा रहेका प्रयोगशालाहरुले परिक्षण गर्न पाउंदैनन् तर धेरै प्रयोगशालाहरुले अहिले पनि परीक्षण गरीरहेका छन् । साथै हामी दर्ता प्रक्रियामा रहेको सिनामंगल स्थीत बाग्मती हेल्थ ल्याबमा पुग्याँै ।
यो ल्याबमा अहिले पनि परीक्षणको काम भैरहेको छ । यो त उदाहरण मात्रै हो, अहिले पनि विना दर्ता धेरै प्रयोगशाला तथा स्वास्थ्य संस्थाहरु सञ्चालमा आइरहेका छन् ।
बैंक अफ काठमाडौंको अर्काे कर्तुत, बैंकसँग सम्बन्ध नै नरहेका व्यक्तिलाई कालोसुचीमा
लिदै न लिएको ऋणको ऋणी बनाएर बैंकसँग सम्बन्ध नै नरहेका व्यक्तिलाई कालोसुचीमा राख्ने बैंक अफ काठमाडौंले धन्दानै बनाएको छ ।
हामीले कार्यक्रममा महेन्द्रनगरकी सुरेखा कार्कीलाई लिदै नलिएको ऋणमा सम्बन्धनै नरहेका चन्द्र साउदको व्यक्तिगत जमानी बनाएर कालो सचीमा सचीकृत गरेको थियो । यो बिषयमा हामीले पटक पटक रिपोर्टीङ गरेको थियौँ ।
फेरी उनै चन्द्र साउदसँग जोडिएर बैंक अफ काठमाडौले पुरानो बोनश्वरकी लक्ष्मी शर्मालाई पत्तो नै नभएको ५३ लाख रुपैयाँ नतिरेको भन्दै कालो सुचीमा सुचिकृत गरेपछि बैंक अफ काठमाडौँले सम्बन्धनै नरहेका सर्वसाधरणलाई ऋण बनाई कालो सुचीमा राख्ने गरेको खुलासा भएको हो ।
लक्ष्मी शर्माको ऋण एभरेष्ट बैंकबाट स्विकृत नभएपछि मात्रै आफ्नो नाम कालोसचीमा रहेको विषय खुल्न आयो । तर अहिले भने बैंक अफ काठमाण्डांैले लक्ष्मी शर्मासंग कुनै पनि लिनु दिन नभएको भन्दै आफ्नो गल्तीका लागि माफि मागेको पत्र थमाएको छ ।
जुन संस्थाले लिएको ऋणको साक्षी भनेर बैंकले शर्मालाई ऋणी बनायो त्यही संस्था थारुवान मल्टिस्किल इन्ष्टिच्यूट प्रालीले लक्ष्मी शर्मासंग आफ्नो कुनै सरोकार नभएको लिखित पत्र दिईसकेको छ ।
तर केवल नागरिकताको प्रतिलिपिका आधारमा विना भेरिफिकेसन बैंकले लक्ष्मी शर्मालाई ऋणी मात्र बनाएन उनको तीन पुस्ते सहित अनाहकमा ब्ल्याक लिष्टेड समेत ग¥यो ।
बैकले उनीसंग माफि पनि मागेको छ । र उनि माथि अन्याय भएको समेत बैंकका कर्मचारीले स्विकारेका छन् । मौखिक रुपमा कर्मचारीले माफि मागेपनि बैंकले आधिकारीक रुपमा लिखित माफि नमागे अरु धेरै मानिस ठगिन सक्ने भन्दै उनि बिहिवार पुन बैंक गईन् । र उनिसंग संगै हाम्रो हिडन क्यामेरा पनि गयो ।
बैंकका कर्मचारीहरले गल्ती भएको बताएपनि अहिले सम्म बैंकले कुनै आधिकारी रुपमा गल्ती स्वकार गरेका छैन । लक्ष्मी शर्मा भने आँफु सम्बन्धनै नरहेको कारोबारमा आफ्नो नाम कालोसुचिमा पारेको भन्दै क्षतीपुर्तीनै हुन नसक्ने गरी बैंकले आफ्नो प्रतिष्ठामा खेलवाड गरेको बताउछिन् ।
स्मरण रहोस् लिदै नलिएको ऋण बोकाई कञ्चनपुरकी सुरेखा कार्कीको ३ पुस्तै पत्रिकामा छापाउने बैंक अफ काठमाण्डुले अझै उनिसंग माफि मागेको छैन् ।
यो संगै धेरै जनाको नागरिकताको प्रतिलिपीका आधारमा बैंक अफ काठमाण्डुले यस्तै काण्डहरु माच्चाईरहेको आशंका गरिएको छ ।
रेल मार्ग निर्माणमा भारतीय कम्पनीको मनोमानी, कर्मचारीहरुको भागाभाग
भारत सरकारको पुर्ण अनुदानमा निर्माण भैरहेको महोत्तरी बर्दिबासदेखि जनकपुर हुँदै भारतको जयनगरसम्मको ब्रोडगेज रेल निर्माण कमसल सामाग्री प्रयोग गरीएको बिषयमा हामीले कार्यक्रममा रिपोर्टीङ गरेका थियौँ ।
रेल मार्ग निर्माणमा प्रयोग गरीएका सामाग्री तोकिएका भन्दा कम गुणस्तरका प्रयोग गरीएको निमार्णमा खटिएका मजदुरहरुले नै बताएका थिए ।
उनीहरुका अनुसार निर्माणका क्रममा सिमेन्ट वालुवा तथा रोडामा तोकिएको भन्दा कम मात्रामा प्रयोग गरिएको, रेलमार्गका स्टेशन भवनहरुमा दोस्रो नम्बरको इटा प्रयोग गरिएको छ ।
तर रेल मार्ग को अनुगमन गर्ने जिम्मा भारतीय इरकण इन्टरनेशनल कम्पनीले जिम्मा लिएको भन्दै नेपाल स्थीत रेल वे विभागका कोही कर्मचारी पनि बोल्न मान्दैनन ।
साथै आयोजनाको काम गुणस्तरहिन भएको बिषयमा निर्माण कम्पनी भारतीय निर्माण कम्पनी नायक इन्फ्राष्ट्रक्चर प्रा.ली., कालीका रमण जेभिका प्रतिनिधीहरु मात्रै हैन अनुगमनको जिम्मा पाएको भनिएको इरकण इन्टरनेशनल कम्पनका प्रतिनिधी समेत बोल्न मान्दैनन् ।
गुणस्तरमा गम्भीर लापरवाही गर्दा पनि रेल विभागले वेवास्ता गरेपछि स्थानीय सरोकारवालले यसको बिरोध गरेका छन् ।
भारत सरकारको ५ अर्ब ४८ करोड भारती रुपैयाँको लगानीमा जयनगर देखि बर्दिबास सम्म ७४ किलोमिटरमा ब्रोडगेज रेल सेवा बिस्तार भईरहेको छ ।
उक्त कामका लागि २ अर्व ३६ करोड खर्च भईसकेको ईरकण इन्टरनेश्नलका ए.जी.एम. दिपक कुमारले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ४० प्रतिशत काम सम्पन्न भईसकेको छ ।
जिल्ला अस्पताल हेटांैडामा चरम लापरवाही
हेटांैडा स्थीत हेटौडा जिल्ला अस्पतालमा सामान्य ग्याष्ट्रिकको समेत औषधी पाइँदैन भन्दा अच्चम लाग्न सक्छ । तर यो अस्पतालमा ग्याष्ट्रिकको मात्र हैन टिटानसको सुइ समेत पाइदैँन ।
अस्पताल भित्र चेक गराएर यी सामान्य ओषधी लिन पनि सर्वसाधारण बाहिरका निजी फार्मेसीहरु धाउनु पर्छ । सर्वसाधारणका धेरै गुनासो आएपछि मकवानपुर स्थीत हाम्रा टिभि जर्नालिष्ट देवराज पन्त आँफै टिटानसको बिरामी बनेर हेटौँडा अस्पतालको इमरजेन्सी फाटमा पुगे ।
इमरेजेन्सीका चिकित्सकले सामान्य दुखाई र ग्याष्ट्रीकको औषधी लेखिदिए । यही औषधीको पेरस्क्रीप्रशन लिएर हामी हेटौंडा जिल्ला अस्पतालको फार्मेसीमा पुग्यौ । तर यो फार्मेसीमा चिकित्सकले उल्लेख गरेको औषधी फार्मेसीमा नभएको भन्दै अस्पताल बाहिरका फार्मेसीबाट लिन लगाइयो ।
१२० बेड सुविधा रहेको दैनिक करीब ४ सय साधारण ६० देखि ७० जना आकस्मिक उपचारका लागि आउने यस अस्पताल इमर्जेन्सी उपचारमा अत्यावश्यक तर साधारण औषधी समेत पाईदैन विरामीलाई बाहिरबाट किनेर ल्याउन लगाईन्छ ।
दिउँसोमा नीजि मेडिकलमा औषधी पाइए पनि रातको समयमा भने बिरामीले औषधि किन्न पाउँदैनन् । यति मात्रै होइन अस्पतालमा रहेका ल्याबका इन्चार्ज अनिल यादव अस्पतालको ड्युटी अवधीमै नजिकै रहेको हेटौडा रिफरेन्स ल्याब लगायत अन्य नीजि ल्याब क्लिनिकमा काम गर्छन् ।
तर मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर कमल दबाडी अस्पताललाई दिएको समय भित्र बाहिर काम गर्न गए कार्वाही हुने त बताउछन्, तर त्यो आज सम्म कुरामै सीमित छ ।
साथै अस्पतालमा करीब १ करोड मूल्य पर्ने थाईराईड, प्रोटिन जस्ता परीक्षण गर्ने मेशिन आएको ८ महिना भैसकेको छ, तर आज सम्म यो सञ्चालन भएको छैन ।
अझ आश्चार्य त के भने यो अस्पताल हेटौंडा क्षेत्रिय अस्पताल वा हेटौडा जिल्ला अस्पताल तथा हेर्टौडा अस्पताल भन्ने नै टुङगो छैन । अस्पातलका कर्मचारीहरुका अनुसार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी अस्पताल नछिरेको नै १ महिना बढि भैसक्यो । २ महिना देखी समितिको कुनै बैठक समेत बसेको छैन ।
जिल्ला अस्पताल हेटांैडामा चरम लापरवाही
हेटांैडा स्थीत हेटौडा जिल्ला अस्पतालमा सामान्य ग्याष्ट्रिकको समेत औषधी पाइँदैन भन्दा अच्चम लाग्न सक्छ । तर यो अस्पतालमा ग्याष्ट्रिकको मात्र हैन टिटानसको सुइ समेत पाइदैँन ।
अस्पताल भित्र चेक गराएर यी सामान्य ओषधी लिन पनि सर्वसाधारण बाहिरका निजी फार्मेसीहरु धाउनु पर्छ । सर्वसाधारणका धेरै गुनासो आएपछि मकवानपुर स्थीत हाम्रा टिभि जर्नालिष्ट देवराज पन्त आँफै टिटानसको बिरामी बनेर हेटौँडा अस्पतालको इमरजेन्सी फाटमा पुगे ।
इमरेजेन्सीका चिकित्सकले सामान्य दुखाई र ग्याष्ट्रीकको औषधी लेखिदिए ।
यही औषधीको पेरस्क्रीप्रशन लिएर हामी हेटौंडा जिल्ला अस्पतालको फार्मेसीमा पुग्यौ । तर यो फार्मेसीमा चिकित्सकले उल्लेख गरेको औषधी फार्मेसीमा नभएको भन्दै अस्पताल बाहिरका फार्मेसीबाट लिन लगाइयो ।
१२० बेड सुविधा रहेको दैनिक करीब ४ सय साधारण ६० देखि ७० जना आकस्मिक उपचारका लागि आउने यस अस्पताल इमर्जेन्सी उपचारमा अत्यावश्यक तर साधारण औषधी समेत पाईदैन विरामीलाई बाहिरबाट किनेर ल्याउन लगाईन्छ ।
दिउँसोमा नीजि मेडिकलमा औषधी पाइए पनि रातको समयमा भने बिरामीले औषधि किन्न पाउँदैनन् ।
यति मात्रै होइन अस्पतालमा रहेका ल्याबका इन्चार्ज अनिल यादव अस्पतालको ड्युटी अवधीमै नजिकै रहेको हेटौडा रिफरेन्स ल्याब लगायत अन्य नीजि ल्याब क्लिनिकमा काम गर्छन् ।
तर मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर कमल दबाडी अस्पताललाई दिएको समय भित्र बाहिर काम गर्न गए कार्वाही हुने त बताउछन्, तर त्यो आज सम्म कुरामै सीमित छ ।
साथै अस्पतालमा करीब १ करोड मूल्य पर्ने थाईराईड, प्रोटिन जस्ता परीक्षण गर्ने मेशिन आएको ८ महिना भैसकेको छ, तर आज सम्म यो सञ्चालन भएको छैन ।
अझ आश्चार्य त के भने यो अस्पताल हेटौंडा क्षेत्रिय अस्पताल वा हेटौडा जिल्ला अस्पताल तथा हेर्टौडा अस्पताल भन्ने नै टुङगो छैन । अस्पातलका कर्मचारीहरुका अनुसार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी अस्पताल नछिरेको नै १ महिना बढि भैसक्यो । २ महिना देखी समितिको कुनै बैठक समेत बसेको छैन ।
सिएफएल बल्व खरीदमा भ्रष्ट्राचार गर्नेलाई मेयरको संरक्षण
इटहरी उपमहानगरपालिबाट खरीद गरीएका सिएफएल बल्ब काण्डमा २० लाख भन्दा बढी भ्रष्टाचार गरेका प्रमाणित भैसक्दा पनि दोषीलाई उम्काउन जनप्रतिनिधीनै लागेका छन् ।
सार्वजनिक खरीद ऐन मिचेर ३ महिनामा मात्रै गैर कानुनी तवरले ९७ लाख बढीको सिएफल बल्व खरीद गरीएकोमा बजार मुल्य भन्दा ६० लाख बढी मुल्य खर्चिएको उपमहानगरपालिकद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
वडा अध्यक्ष दीपक गौतम नेतृत्वको छानविन समितिले १ सय १६ पृष्ठ लामो प्रतिवेदनमा २० लाख बढीको भ्रष्टाचार भएको ठहर गरेको छ ।
हामीले कार्यक्रममा यो बिषयमा रिपोर्टीङ गरेपछि पुस ३० गते उपमहानगरपालिका बैठक बस्यो । तर बैठकमा भ्रष्टचारमा दोषी ठहर भएका कर्मचारीलाई स्पष्टीकरण सोध्ने र सचेत गराउने भन्ने हाँस्यास्पद निर्णय ग¥यौँ ।
तर कार्यक्रममा यस बिषयमा कुरा गर्दै उपमेयर लक्ष्मी गौतमले दोषी देखिएकोे खण्डमा आँफुले पद छाड्ने तथा कर्मचारीहरुलाई कडा कारवाही गर्ने बताएकी थिइन ।
तर दोषी देखिएका कर्मचारीलाई कारवाही गर्न मेयर द्धाारीकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतम सहित सबै पदधीकारी पछि हट्नुले भ्रष्टाचारमा उनिहरुको पनि संलग्नता हुन सक्ने आंशका उत्पन्न भएको छ ।
इटहरी बासी हरेक दिन उपमहानगरापालिका कार्यालय अगाडी भ्रष्टचारीलाई कारवाहीको माग गर्दै दिनहुँ धर्ना दिइरहेका छन् ।
इटहरी ९ को गजुरमुखी ट्रेडर्स, इटहरी ६ को पौडेल इलेक्ट्रोनिक्सबाट कोटेसनमार्फत सडक बत्तिका लागि चार महिनामा पटक–पटक सामान खरीद गरिएको हो ।
रकम पनि सोही अवधीमा भुक्तानी गरिएको छ । अख्तियारमा समेत बसेर आएका कार्यकारी अधिकृत सागर मिश्र सरुवा हुने बेलामा उक्त बिलको भुक्तानी गरिएको थियो । ८५ वाटको सीएफएलको बजारमूल्य २ हजार ८ सय भए पनि उक्त सीएफएल सेटलाई पाँच हजारसम्म भुक्तानी गरिएको छ ।
सिएफएल खरिद भएको समयमा त्यसको माग गर्दा जिन्सी शाखाका प्रमुख मनोज दाहाल थिए । त्यस्तै त्यसको भुक्तानीको तयार गर्ने र भुक्तानी दिने व्यवस्था मिलाउने लेखा प्रमुख लखनलाल चौधरी थिए ।
चेकमा तत्कालीन कार्यकारी अधिकृत सागर मिश्रले समेत हस्ताक्षर गरी भुक्तानी दिलाएका हुन् । यस ईटहरीमा रखेको अख्तियारको कार्यालयले छानविन गरेपनि कसैलाई पनि पक्राउ गरेको छैन् ।


