रुद्राक्षबाट ८० लाख भन्दा बढी कमाई – भिडियो सहित

धनकुटा खबर । धार्मिक तथा स्वास्थ्यका हिसावले महत्वपुर्ण मानिएको रुद्राक्ष दानाको माग वढेसँगै धनकुटामा रुद्राक्षको व्यवसायीक खेती गर्नेहरु बढेका छन् ।

कुनै बेला खाद्यवालीको पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्षको दाना उत्पादन पकेट क्षेत्रको रुपमा चिनिन थालेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ रुद्राक्ष गाँउको रुपमा परिचित हुदै छ । दशक अघिसम्म खाद्यवालिको मात्रै खेती गर्ने किसानहरु अहिले रुद्राक्ष खेती तर्फ आकर्षित भएका छन् ।

भोजपुरको दिङ्लावाट रुद्राक्षको विरुवा ल्याएर गाउँमा खेतीको सुरुवात गरेको बताउनुहुन्छ, अगुवा किसान चन्द्र केसी । रुद्राक्षको एक सय वोटवाट लाखौ रुपैया आम्दानी भएपछि महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ्का नेत्र अधिकारीले अहिले खेती योग्य जमिन मासेर करिव एक हजार रुद्राक्षका विरुवा रोप्नु भएको छ । खाद्य वालीको भन्दा रुद्राक्ष खेतीवाट दोब्वर फाइदा रहेको उहाँको भनाई छ ।

यहाँका किसानले एक सिजनमा रुद्राक्ष दाना विक्रीबाट ८० लाख भन्दा वढी रुपैया कमाउने गरेका छन् । रुद्राक्ष खेतीका लागि अरु वालीको जस्तो स्याहार सुसार गर्नु पर्दैन ।

स्थानीय सरकारले पनि रुद्राक्ष खेती गर्ने व्यवसायिक कृषकलाई कुनै न कुनै ढंगले सहयोग गर्ने नगरपालिकाका मेयर पर्शु नेपालले बताउनुभयो । सुख्खा ठाउँमा पनि रुद्राक्षको विरुवा हुर्कन सक्ने भएकोले अहिले किसानले रुद्राक्ष खेतीलाइ नगदे वालीको रुपमा हेर्ने गरेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।