सहिदको सपना मेरो कर्तब्य : राजेन्द्र

धनकुटा खबर, माघ १६ । प्रतिनीधि सभाका सभासद् राजेन्द्र राई धनकुटाका सम्पूर्ण शहिदहरुको सालिक संरक्षण तथा निर्माणमा आफू लाग्ने बताउनु भएको छ ।

शहिद दिवसको अबसरमा मानवअधिकारबादी संस्था हुसाडेक धनकुटाले गरेको एक श्रद्धान्जली कार्यक्रम राईले यस्तो बताउनु भएको हो ।

२०५५ सालमा धनकुटाको बसपार्कमा निर्माण गरिएको सशिद स्मारकमा गरिएको श्रद्धान्जली कार्यक्रममा बोल्दै राईले शहिदको संरक्षण र प्रवद्र्धन गर्न सबैको कर्तब्य भएको बताउनुभयो ।

‘वर्तमान उपलब्धी र स्वत्रन्त्रता शहिदकै कारण प्राप्ति भएको हो, त्यसैले शहिदहरुले देखेको सपना पुरा गर्नु मेरो कर्तब्य हो ।’–राईले भन्नु भयो ।

संस्थाका अध्यक्ष खेम नाथ घिमिरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर पर्शु नेपाल,जिल्ला प्रशासन,जिल्ला प्रहरी,बिभिन्न बिद्यालय र स्थानिय निकायका जनप्रतिनीधिहरु तथा राजनैतिक दलहरुका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

पछिल्लो समयमा धनकुटाका करिव २ दर्जनलाई शहिद घोषणा गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।