ओलीले विद्या भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने भनेपछि बैठकमै ‘पड्किए’ झलनाथ खनाल, माधव नेपाल ‘साईलेन्ट’

काठमाडौं, १६ माघ । नेकपा एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउनुपर्ने प्रस्ताव राखेपछि बैठकमा उपस्थित बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिए ।

खनालले आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । बैठकमा ओलीले भण्डारीलाई नै पूनः दोहोर्याउने प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध मात्रै गरेनन् । निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ ।

तर ओलीको उक्त प्रस्तावबारे अर्का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भने मौन देखिएका थिए । उनी यसबारेमा साईलेन्ट बसेको स्रोतको दाबी छ।

ओलीले यसअघि नै कम्तिमा राष्ट्रपतिले पाँच वर्ष चलाउन पाउनुपर्ने आफूहरुको मान्यता भएकोले अहिलेको राष्ट्रपति भण्डारीलाई दोहोर्याउने धारणा सार्वजनिक गरेका थिए ।

त्यस्तै आजको बैठकले प्रदेशका मुख्यमन्त्रीमा सर्वसम्मती नभए चुनावबाट तय गर्ने निर्णय गरेको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए । मुख्यमन्त्रीका दावेदारहरुबीच सर्वसम्मतीमा निर्णय नभए प्रदेशसभामा पार्टीबाट निर्वा्चित सांसदहरुले संसदीय दलको बहुमतबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो । रिपोर्टर्स नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।