नारायणकाजी श्रेष्ठको प्रश्न,- नेपाली कांग्रेसमा लोकतन्त्रवादीहरु कोहि बाँचेका छैनन् ? राष्ट्रिय हितको लागी कांग्रेस भित्र किन कोहि बोल्दैनन् ? (भिडियो सहित)

नेकपा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा आफ्नो हारलाई स्वभाविक रुपमा लिएको बताए।देशमा परिवर्तन ल्याउन मुख्य भूमिका खेल्ने कम्युनिस्टहरुको नेतृत्वमा स्थायी सरकार बन्ने भएकोले आफ्नो हार गौण भएको श्रेष्ठको भनाई छ। माउण्टेन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुराकानी गर्दैं श्रेष्ठले उक्त कुरा बताएका हुन्।

हारपछि पनि समृ्द्ध र सुखी गोरखाको अभियानमा आफू लागिरहने बताउँदै,श्रेष्ठले सरकारको नेतृत्व केपी ओलीले गर्ने र एकिकृत पार्टीको नेतृत्व प्रचण्डले गर्ने बताए।

कामचलाउ सरकारले लोकतन्त्रको ठूलो उपहास गर्यो यस्तो देखेर लाज लाग्छ,श्रेष्ठ प्रश्न गर्छन्-’नेपाली कांग्रेसमा लोकतन्त्रवादीहरु कोहि बाँचेका छैनन् ?राष्ट्रिय हितको लागी कांग्रेस भित्र किन कोहि बोल्दैनन् ? यति लज्जाजनक कुरा देउवाले किन गरिरहेका छन्?’

वृद्धभत्ता ६५ बर्षमा दिने देउवा सरकारको निर्णयबारे कटाक्ष गर्दैं श्रेष्ठ भन्छन् -६५ बर्षमा होइन ५५ बर्षमा वृद्धभत्ता घोषणा गरिदिएको भए भइहाल्थ्यो नि।

श्रेष्ठले अगाडी भने-देउवालाई लाज शरम नभएपछि जे-भनेपनि हुन्छ,यदि वामपन्थी कामचलाउ सरकारले यस्तो गरेको भए सारा सहयोग रोक्ने भन्दै सारा दुनियाँ यहाँ आउथ्यो। नागरिक समाज र वुद्धिजिवी भन्ने सबैले घेराउ गर्थे।तिनीहरु कता छन् मुखमा बुझो लाएर बसेका छन् ? हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।