यिनै हुन् जोन तामाङलाई भेट्ने चन्द्र आले, जसले यस्तो अवस्थामा भेटे जोनलाई ! – हेर्नुहोस भिडियो सहित

ललितपुर । फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले फुल्चोकीबाट ल्याएर अहिले बिएण्डबी अस्पतालमा पु¥याएका छौँ ।” बालक सकुशल भेटिएकाले अरु विषयमा बिस्तारै अनुसन्धान हुने प्रहरीले बताएको छ ।

थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको थियो । हुलियाका आधारमा तामाङ जस्तै व्यक्ति भेटिएको सूचनाका आधारमा अभिभावक संगठन, प्याब्सन र आफन्तले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए ।

तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ गएका थिए । प्रधानाध्यापक ओली अहिले प्रहरी नियन्त्रणमा छन् ।

यिनै हुन् जोन तामाङलाई भेट्ने चन्द्र आले, जस्ले यस्तो अवस्थामा भेटे जोनलाई ! त्यो भेट्दाको पल कस्तो रहयो उनि कस्तो अवस्थामा थिए ? हेर्नुहोस यो भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।