धनकुटाको छथर जोरपाटी गाउँपालिकालाई १४ रोपनी जमिन दान
धनकुटा खबर । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको भवन तथा भौतिक संरचना निर्माण गर्न स्थानियबासीहरुले १४ रोपनी जमिन निःशुल्क दान गरेका छन् ।

हाल गाउँपालिका रहेको जोरपाटी बजार वडा नं. २ का ५ जनाले सोहि स्थानमा रहेको ३६ लाख बरावरको जमिन गाउँपालिकालाई उपलब्ध गराएको हो ।
रेखा लिम्बुले १० लाख मूल्यको ५ रोपनी, निरकुमारी मगरले ९ लाख बरावरको ३ रोपनी, ईन्द्र बहादुर कार्कीले ६ लाख बरावरको २ रोपनी, अमर बहादुर मगरले ६ लाख बरावरको २ रोपनी र धनमायाँ सिंजाली मगरले ५ लाख बरावरको २ रोपनी जमिन दिएको गाउँपालिकाले दिएको जानकारी दिएको छ ।
उक्त सबै जमिन दाताहरुले गाउँपालिकाको नाममा रजिष्टेसन पास दिईसकेको गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बुले जानकारी दिए ।


