१९५० मा भएको संधी असमान छ, त्यसलाई पुनः विचार मात्र होइन पुनर्लेखन र पुनः हस्ताक्षर गर्नुपर्छ – सुष्मा स्वराजलाई रवीको सिधाकुरा (भिडियो सहित)

टिभी जर्नलिष्टलाई ज्यान मार्ने धम्की । दलितले ल्याएको दुध किन्दैन सहकारी !

भारतीय विदेश मन्त्री सुष्मा स्वराज अपरझट नेपाल आइपुगेकी छन् । विभिन्न राजनीतिक व्यक्तित्वहरुसँग उनको भेटघाट तय भएको छ ।

इकोनोमिक ग्रोथको हिसाबले विश्वको महाशक्ति राष्ट्र बन्दै गरेको भारतसँग दोस्ती गर्ने हाम्रो हैसियत नपुग्ला, दुष्मनी गर्न तागत नपुग्ला तर व्यापार गर्न र आफ्नो स्वाभिमानमा चट्टान झँै खडा हुन कुनै माईकालालले रोक्न सक्दैन् ।

हाम्रो देशका धेरै नेताहरु आज पनि विदेश मन्त्री ज्युको दर्शन गर्न पाउनु र धनुष्टंकार भएर नमष्कार टक्राउन पाउनुलाई नै आफ्नो राजनीतिक जीवनको सफलता मान्छन् ।

हाम्रो नेताले भन्लान जस्तो नलागेर केही कुरा माननिय मन्त्री सुष्मा स्वराज ज्युलाई भन्न चाहन्छाँै । कुटनीतिक शिष्टाचारका नाममा तपाईसँग आफ्ना मुद्धा राख्न नसकेर हाम्रा प्रतिनीधिहरु ठिक हे, हाम करेगां, हाम गरेगां मात्र भनेर बर्षौसम्म थर्कमान भए होलान भन्ने हाम्रो शंका छ ।

दुतावासमा प्रतिनिधीहरुले यो भनाइलाई उल्था गरेर सुनाइदिनुहोला । माननिय मन्त्री सुष्मा स्वराज ज्यु, नेपाल भारतको मित्र राष्ट्र हो, बराबर हैसियत राख्ने स्वतन्त्र स्वाधीन, सार्वभौमी राष्ट्र ।

छोटा भाइ, बढाभाइ भन्ने हुँदैन । १९५० मा भएको संधी असमान छ त्यसलाई पुन विचार मात्र होइन पुन लेखन र पुन हस्ताक्षर गर्नुपर्छ ।

हाम्रा नेताहरु भन्न डराउलान् तर हाम्रो सिमा किन बारम्बार मिच्नु हुन्छ ? सुस्ता त्रिवेणी, कालापानी लिम्पीयाधुरा, लिपुलेक, ठोरी, सुन्दरपुर भंटाबारी, विरगंजको छपकैया, कञ्चनपुरको वेलौरी लगायत ७१ ठाँउमा हाम्रो सीमा मिचिएको छ, यो किन ?

महामहिम मन्त्री ज्यु, तपाईको देशले जिम्मा लिएका आयोजनाहरु कहिले बनाउनु हुन्छ ? सँगै मिलेर सक्नुपर्ने पञ्चेश्वर आयोजनाको विजोग छ । असमान शर्तहरु राखेर हाम्रो पानी हामीलाई नै नदिइ सप्पै लाने ?

हामीले चाही के खाने ? अपर कणार्ली, हुलाकी राजमार्ग जस्ता आयोजना जिम्मा लिने तर नबनाउने ? सिमावर्ती क्षेत्रमा तपाइको देशले बनाएका उच्च बाँधका कारण हाम्रो देशको भुभाग बर्षेनी डुवानमा पर्छ ।

हाम्रा नागरीक सधै डुवेर मरिरहने ? विदेश मन्त्री ज्यु,हामीले संविधान सभा मार्फत आफ्नो देशको संविधान बनायौँ । हाम्रो देशको आवश्यकता अनुसार,हाम्रा नागरीकहरुको हक अधिकार सुनिश्चत गर्न संसोधन पनि गर्नुपर्छ होला, गर्छौ ।
तर तपाईको देशले मानविय धर्म नै विर्सेर हाम्रो जस्तो ल्याण्ड लक्ड कन्ट्रीलाई नाकाबन्दी लगाइदियो ।

पेट्रोल, डिजेल, ग्यास मात्र होइन हामीले ज्यान बचाउने औषधी पनि पाएनौ । यसका लागि नेपाल र नेपालीसँग माफि माग्नु पर्दैन ?

यतिखेर पनि कृषिजन्य हाम्रा पदार्थहरुको निर्यातमा अवरोध गरिएको छ । पुर्वी क्षेत्रका अदुवा, कुचो, अलैची उत्पादन गर्ने किशानहरु र तिनका परिवारलाई भोकै पार्ने ? महामहिम मन्त्री ज्यु, माफ गर्नुहोला, यो देश गरिब होला तर स्वाभिमानी छ ।

भुकम्पले घर ढलेका बेला, खनी खोस्री मिठो मिठो खाई प्राण धानिरहेका बेला तपाईले लगाउनु भएको नाकाबन्दीलाई भारतले लगाएको नाकाबन्दी भनेर खुलेर भन्न नसक्ने हाम्रै नेतागणले तपाईलाई यी सबै कुरा के भन्लान र ?

अन्त्यमा तपाईको दुतावासका केही मानिसहरु यहाँ मन्त्री प्रधानमन्त्री बनाइदिन्छु, सचिव बनाइदिन्छु, संवैधानीक निकायको प्रमुख लगायतका पद दिलाइदिन्छु, सरुवा गरिदिन्छु, बढुवा गरिदिन्छु भनेर सल्बलाउँछन् ।

तपाईले भन्दा एजेन्ट, हामीले भन्दा दलालहरु यस्ता कामको डिल गर्छन् भन्ने कुरा छताछुल्ल भैसक्यो, कन्ट्रोल गर्नुहोला । दुई देश विचको सम्बन्ध कतै केही विचौलियाहरुको भरमा त छोडिरहनुभएको छैन ?

तपाईहरको यति धेरै हेपाई, पेलाइ र मिचाइ सहेका हामी नेपालीहरु अझै पनि ठुलो हृदय बोकेर तपाईलाई स्वागत गरिरहेका छौँ ।

यो हो मित्र राष्ट्रको धर्म ? यति बोल्दा दुई देश विचको सम्वन्ध बिग्रन्छ भने मान्नुहोस हाम्रो सम्बन्ध बहुत कमजोर छ । निर्वाचन सकेर स्थीर हुन उन्मुख यो देशमा कुनै गोटी फ्याँकी पुनः अस्थीर बनाउन अकस्मात आउनु भएको होइन भने विदेश मन्त्री सुष्मा स्वराज ज्यु, तपाईलाई नेपालमा स्वागत छ, वेलकम टु नेपाल एण्ट लंग लाइभ नेपाल इन्डीया रिलेसनशीप ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।