यी हुन धनकुटा जितपुरकी कविता, जसले परिवारसँग पैसा मागिरहनु पर्ने झण्जटबाट मुक्ति पाउन यसो गरिन
धनकुटा खबर । गृहणी हुंदा पटक–पटक श्रीमान् र परिवारसंग पैसा माग्ने पिंडाबाट मुक्त हुन धनकुटा जितपुरकी कविता सुबेदी अहिले होटल वयबसाय गरेर ‘साउनी’ बनेकी छिन् ।

श्रीमान् शिक्षक रहेका सुबेदीले जीवन धान्न नभएर हरेक पटक सरसामान खरिद गर्न श्रीमानसँग पैसा मागिरहनु पर्ने झण्जटबाट मुक्ति पाउन आफू होटल व्यबसायमा लागेको उनले बताईन् ।
पहिला सानोतिनो कामका लागि श्रीमान्लाई पैसा माग्ने २८ बर्षिया सुबेदी अहिले आफ्नो ५ जनाको परिवार पालेर पनि श्रीमान्लाई उल्टै बेलाबखत खर्च दिने भएकी छिन् ।
उनलाई यसरी सक्षम र स्वाभिमानी बनाएको हो नेरुडे लघुबित्त बैंकले समुह मार्फत् कर्जा उपलब्ध गराएर ।
साथमा पैसा नहुंदा ‘सायद म संग पनि पैसा भएको भए !’ भन्ने साह्रै पिंडा भएकाले आफूले २०७२ सालमा स्थानिय प्रगती महिला समुहबाट ४० हजार कर्जा लिएर व्यबसाय शुरु गरेको उनले बताईन् ।
‘घर खर्च टार्न हरदम पैसा चाहिन्छ उनले भनिन् ‘तर श्रीमान्ले अस्ति दिएको चैं के ग¥यौ ? भनिरहने भएकाले म होटल गर्नतिर लागे ।’
उक्त पैसामा घरको भाँडावर्तन प्रयोग गरेर जीतपुर बजारमा व्यबसाय थालेकी उनले अहिले मासिक २५ हजार सम्म कमाई गर्नेगरेको बताईन् ।
उनले अहिले हिउँदमा मासिक एक लाख सम्म र बर्खाको समयमा ६० हजार सम्मको व्यापार गरेर २० देखि २५ हजार सम्म कमाउने गरेको बताईन् ।
शुरुमा गाह्रो भएपनि अहिले आफनो कमाई भएपछि आफूले चाहे जस्तो तरीकाले खर्च गरेर परिवार चलाउने चाहाना पुरा भएको र श्रीमान्लाई सहयोग गर्न सफल भएको उनको भनाई छ ।
‘आफ्नो सपना पुरा भएकोमा गर्व महसुश भएको छ’,उनले भनिन्, ‘तर साउनी भन्दा चै अझैं पनि लाज लागेर आउँछ ।’


