७ कक्षा मा अध्ययनरत विद्यार्थीले बनाएको हेलिकप्टर उड्यो आकाशमा !

इलाम । सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकप्टर बनाएर परीक्षण उडान गरेका छन्। कक्षा ७ मा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकप्टर बनाएका हुन्। हेलिकप्टरको विद्यार्थीले विद्यालय परिसरमा परीक्षण उडान गरेका थिए।

‘दुई हप्तादेखि निरन्तरको प्रयासपछि हेलिकप्टरको सफल परीक्षण गरियो,’ हेलिकप्टरका मुख्य निर्माता रेहान्स झाले भने, ‘यसलाई थप विकास गर्दै लैजाने सोचमा छौं।’ सानैदेखि विभिन्न खालका विद्युतीय सामग्री निर्माणमा तीष्ण रहेका रेहान्सले यसअघि पनि पेरिस्कोप, क्विज कम्प्युटरलगायतका विद्युतीय सामग्री निर्माण गरिसकेका छन्। उनीहरूले निर्माण गरेका सामग्री सदरमुकाममा हुने शैक्षिक सामग्री प्रदर्शनीमा समेत राखिँदै आएको छ।

हेलिकोप्टर बनाउनुभन्दा पहिला उनीहरूले रिमोट कन्ट्रोल बनाएका थिए। उनीहरुले बजारमा पाइने खेलौनाको रिमोट कन्ट्रोल, मोटर, घिर्नीको प्रयोग गरी सानो र छरितो खालको हेलिकप्टर बनाएका हुन्। सो विद्यालयका विज्ञान शिक्षक नवीन ढकालले भने, ‘विद्यार्थीले प्रशंसनीय कार्य गरेका छन्। यसलाई विद्यालयले समेत सहयोग गर्छ।’ करिब २० मिटर परसम्म उडाउन सकिने हेलिकप्टरलाई पानीमा चल्ने खालको डुङ्गा बनाउने उनीहरूको योजना छ।

‘रिमोट कन्ट्रोलमा लाग्ने छवटा ब्याट्री र सुपरग्लुमा विद्यालयले सहयोग गर्योल तर अरू खर्च आफैंले जुटायौं,’ आदित्यले भने। केही थप खर्च लागेमा विद्यालयले व्यहोर्ने बताएपछि विद्यार्थी थप हौसिएका हुन्। उनीहरूले बनाएको क्विज कम्प्युटरले तत्कालै सोधेको प्रश्नको उत्तर दिन सकिन्छ। विगतदेखिनै विद्युतीय सामग्रीबाट विभिन्न उपकरण निर्माण गर्दै आएका यी तीन जनाले हेलिकप्टरलाई ठूलो बनाएर बिक्री गर्ने बताएका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।