राज्यले नै जन्मायो सिके राऊत ! (भिडियो)
काठमाडौंमा बसेर राष्ट्रवादी कुरा गर्ने भन्दा मधेसी नै बढी राष्ट्रवादी छन्
काठमाडौं । संघीयता नेपालमा २ नम्बर प्रदेशलाई विशेष चासोको रुपमा हेरिँदैआएको छ । संविधानमा असन्तुष्टि जनाउँदैआएका मधेश केन्द्रित दलहरु चुनावपछि २ नम्बर प्रदेश सरकार बनाउन जुटेका छन् ।
यही परिवेशमा नेपालआजले मधेश केन्द्रीत दल मधेशी जनअधिकार फोरमका एक प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद सञ्जय साहसँग पार्टीको भावी रणनीति, मधेशका मुद्धा, प्रदेश सरकार निर्माण जस्ता विषयमा बहस गरेको छ ।
चुनावलाई आन्दोलनकै एक चरणको रुपमा प्रयोग गरेको बताउने मधेसी जनअधिकार फोरमका नेता साहले राज्यको विभेदकारी नीतिलाई निस्तेज गर्ने गरी मधेशको विकास गर्ने बताएका छन् । अन्तरवार्ताको क्रममा साहले धेरै मधेशी समुदायको रगतको बलिदानी भए पनि उपलब्धि नभएको बताए ।
मधेसको मुद्धालाई केही समय थाती राखेरै आफूहरु निर्वाचनमा गएको उनको भनाइ छ । ‘सिके राउतले उठाएको मुद्धामा तपाईँहरुको कस्तो राय छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘उनले पहिचानको मुद्धा उठाउँदैआएका छन्, राज्यले सम्बोधन गरेका भए यस्तो दुर्दशा हुने थिएन ।’ उनले थपे, ‘पहिचानको मुद्धा उठाउँदै आएका छन् उनी, हामीले उठाएका मुद्धा राज्यले सम्बोधन गरिदिएको भए सिके राउतको मुद्धा यसरी उठ्ने थिएन । राज्य नै गैरजिम्मेवार भएर यस्तो दुर्घटना भएको हो ।’


