३ बर्ष पछि सन्चालनमा आयो पर्यटक तान्ने तमोर रिसोर्ट !

धनकुटा खबर । तीन वर्ष अघि देखी निर्माणाधीन अबस्थामा आंशिक रुपमा सन्चालनमा रहेको धनकुटाको तमोर नदी किनार मुलघाट स्थित तमोर सिभर साईड रिसार्ट तथा रिभर पार्क पूर्ण रुपमा सन्चालनमा आएको छ ।

तमोर नदी किनारमा रहेको विश्रान्ती मन्दिर, तमोरको पुल,आसपासको क्षेत्र भ्रमण गर्न आउने र उक्त क्षेत्रबाट सहासिक खेल जलयात्र(¥याफ्टिङ्ग)का लागि आउने पर्यटकहरुलाई लक्षित गरेर उक्त रिसोर्ट सन्चालनमा ल्याईएको हो ।

माघ १ गतेबाट पूर्ण रुपमा सन्चालनमा आएको उक्त रिसोर्ट राष्ट्रिय वाणिज्य वैंकको ५० लाख कृषि बिकास बैंकको १५ लाख र बाँकी नीजि लगानी सहित १ करोड ५० लाखको लागतमा सन्चालनमा आएको हो ।

उक्त क्षेत्र विराटनगर देखी किमाथाङ्गकासम्म जोड्ने कोशी राजमार्ग र तमोर करिडोरको पहुंचमा रहेको उक्त रिसोर्ट आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरेर सन्चालनमा ल्याईएको सन्चालक मोहन वान्तावाले जानकारी दिए ।

उनले भने–‘यस क्षेत्रमा पर्यटकहरुको चहलपहल बढिरहेकोले उनीहरुलाई सुबिधा दिने उदेश्यले यो रिसोर्ट सन्चालनमा ल्याएको हो ।’

२२ रा आँप बगैचाको बीचमा सन्चालित उक्त रिसोर्टमा तमोर नदीको माछा सहितको स्वादिलो परिकार संगै स्थानिय नेपाली मौलिक खाना, क्याम फायर, लोकल सिस्नुसंगको खाना,तमोर नदीमा फिसिङ्गको व्यावस्था गरिएको वान्तावाले वताए ।

अहिले दर्जनौ पर्यटकहरुले मुलघाट स्थित् तमोर रिभर साईड रिसोर्ट एण्ड रिभरपार्कमा आएर आफु खुशि रमाउने र रात विताउने गरेको उनको भनाई छ ।

उनले आन्तरिक तथा वाह्य पर्यटकलाई दिईने सेवा सुविधालाई नयाँ तरिकाले पस्कने उदेश्यका साथ आफुले रिसोर्ट संचालनमा ल्याएको वता्एका छन् ।

रिसोर्टमा आउने पर्यटकहरुलाई स्थानिय नेपाली मौलिक खाना, क्याम फायर, अग्र्यानिक कोदो र आँपको निखरा कटुवा, नदीको ताजा माछा, लोकल सिस्नुसंगको खाना,तमोर नदीमा फिसिङ्गको व्यावस्था गरिएको वान्तावाले वताए ।

त्यसैगरि तमोर रिभर एडभेञ्चर प्रा.लि. धरानका मदन ढकालसंगको सहकार्यमा मुलघाट देखी चतरासम्मको ६ घण्टाको तमोर नदिमा ¥याफ्टिङको व्यावस्था समेत गरिएको वान्तावाले वताएका छन् ।

र्याफ्टिङमा जानेलाई ग्राहकको चाहाना अनुसार एक रात क्याम फाइरिङ्गमा राखेर भोली पल्ट मात्र गन्तव्यसम्म पु¥याउने समेत व्यावस्था रहेको छ ।

पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या सन्तोषजनक रहेकाले थप सुविधाको लागी डेड् दर्जन टेण्ट टाँगेर वस्नेहरुको लागी समेत आफ्नै रिसोर्ट छेउको खुल्ला चौरमा व्यावस्था गरिएको वान्तावाले वताएका छन् ।

त्यसका साथै मालदह आँको छाहारीमा गेट टुगेदर, परिवारिक जम्घट गरेर रमाईलो वातवारणमा खाने वस्ने, नेपाली मौलिक तथा अग्र्यानिक खाना रिसोर्टले प्रदान गर्दै आएको वान्तावाले वताए ।

उनले अझ् पर्यटकहरुलाई थप आकर्षण वढाउन सुन्दर वगैंचा निर्माण भैसकेको र स्वीमिङ्ग पुल निर्माण गरेर थप पर्यटकहरुको लागी सेवा वढाउने तयारी भैरहेको वताएका छन् ।

हाल ८ जनालाई रोजगार दिएर मासिक ३ लाख सम्मको कारोबार गरिरहेको यस रिसोर्टले आगामी दिनमा मासिक २५ लाख सम्मको कारोबार गर्ने लक्ष राखेको सन्चालक बान्तावाले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।