धनकुटाको हिलेमा व्याडमिण्टन प्रतियोगिता सम्पन्न

धनकुटा खबर । धनकुटा नगरपालिका १ हिले स्थितको हिले क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित सिङ्गल व्याडमिण्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।

गत २१ गते देखी सञ्चालित प्रतियोगिता अन्र्तगत शिक्षकद्धय दिपेन्द्र निरौला र गौरव कार्की वीच भएको खेलमा दिपेन्द्र निरौला प्रथम र गौरव कार्की दोश्रो हुनुभएको छ ।

त्यस्तै छात्रा विद्यार्थी सुनिता तामाङ्ग र सोनि तामाङ्ग वीचको खेलमा सुनिता प्रथम र सोनी द्धितीय भएका छन् । छात्र तर्फ सावल मल्ल ठकुरी र निश्चल तामाङ्ग वीचको खेलमा सावल पहिलो र निश्चल दोश्रो भएको शिक्षक दिपक घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजयी शिक्षक तथा विद्यार्थीहरुलाई नगद १ हजार र प्रमाण पत्र र मेडल तथा दोश्रो लाई नगद रु ५ सय सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । स्ववीयू सभापति नईन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य वाङ्गदा थिङ्गले खेलकुद विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै हिले व्याडमिण्टन क्लवका सचिव प्रेमराज गिरीले हिले स्कूलका विद्यार्थीहरुलाई क्लवमा विशेष छुट सहित सदस्यता दिने वताउनुभयो । प्रतियोगिता समापन कार्यक्रममा उद्योग वाणीज्यसंघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, क्याम्पस प्रमुख डिल्ली राज रेग्मी, प्रधानाध्यापक रमेश घिमिरे व्याडमिण्टन क्लवका कोषाध्यक्ष आशिष तामाङ्ग लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।