‘नेपाल भारतसँग होइन, भारत नेपालमाथि निर्भर छ’

ओली भोटकालागि मात्र राष्ट्रवादी, अब उनको शैली बदलियो :अच्युत वाग्ले, राजनीतिक विश्लेषक

केहिदिन अघि भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण अचानक भएको भनिएपनी अचानक भने भएको होइन,यसमा तिन महिना लामो गृहकार्य भएको छ। भारतीय प्रधानमन्त्री मोदी र एमाले अध्यक्ष केपी ओलीको टेलिफोन वार्ता भएको दुई अढाई महिना भइसकेको थियो। परराष्ट्र मन्त्रालयलाई जानकारी नगराएर र आफ्नै पार्टी भित्र पनि राम्रोसँग छलफल नगरेर लुकाएर राखेको कारण अचानक भ्रमण भएको जस्तो देखिए पनि भारतीय पक्षहरु भने दलबलका साथ औपचारिक रुपमा आएका हुन्। माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दैं राजनीतिक विश्लेषक अच्युत वाग्लेले यस्तो कुरा बताएका हुन्।

हामीले ओली प्रतिपक्ष दलको नेता हुँदा भोट तान्नको लागी राष्ट्रवादी कुरा गर्दा र प्रधानमन्त्री हुनको लागी तयारी गरिरहेका फरक व्यक्ति हुन् भनेर बुझ्नपर्छ।हिजोकै जस्तो भारतसँग लडाई गरिराखेर,भारतले नरुचाउँदा म प्रधानमन्त्री बन्न, भारतको सद्धाव बिना म चल्न सक्दिन र यसलाई व्यवस्थित गर्नपर्छ भनेर ओलीकै तर्फबाट पहल नभईकन सुष्मा स्वराजको नेपाल भ्रमण भएको होइन। वाग्लेले भने।

ओली अचानक स्वास्थ्य उपचारको लागी बैंकक जानुपर्ने आवश्यकता पनि नरहेको र प्रचण्ड सिंगापुर र ओली बैंकक भेटघाटको लागी जाने परम्परा बनेको वाग्लेले दावी गरे।

स्वराजको नेपाल भ्रमणले नेपालको संविधान स्वीकारेको भन्ने गलत हो भन्दै वाग्ले भन्छन्- ‘भारतले नेपालको संविधानमा अहिले तटस्थ रहेर संविधानको स्वागत र विरोध केहिपनी नगरेर संविधानको मुद्धा जिवितै रहेको सन्देश दिएको वाग्ले बताए।

६० लाख नेपालीहरु भारतमा छन् भनेर भारतले प्रचार गर्दा नेपालका मिडिया,तथ्यांक विभाग,लगायतले प्रतिवाद नगरेको र मौसमी रोजगारीको लागी भारत जाने नेपालीहरु समेत गरेर जम्मा सात देखि आठ लाख मात्रै नेपालीहरु भारतमा भएको वाग्लेले जानकारी दिए।

नेपाललाई एकोहोरो दिइ मात्रै राखेको छौं,नेपालबाट केहि पाएका छैनौं भन्ने भारतको कुरा सत्य नभएको भन्दै वाग्लेले भने-‘भारतबाट नेपाल आउने रेमिट्यान्स भन्दा नेपालबाट भारत जाने रेमिट्यान्स तिन गुणा बढी छ।नेपाल भारतसँग पूर्ण निर्भर छैन,नेपालले भारतमा उत्पादित सामग्रीहरु सित्तैमा लिएको होइन,किनेको हो।’

नेपालका पत्रिकाहरुमा पद्मावती फिल्म चल्यो कि चलेन भनेर चर्चा हुन्छ,आइपीयल खेल्न नेपाली खेलाडी भारत गए र तेरिया मगरले कुनै नृत्य प्रतियोगितामा नाचिरहँदा हामी छुट्टै देश होकि एउटै देश हो भनि नसम्झिकन वाहवाही गर्छौं।वाग्लेले भने।

सामाजिक,आर्थिक, भौगोलिक हिसाबले भारतको विकल्प खोज्छु भन्नू मुर्खता हो भन्दैं चीनको अहिलेको सुपरस्टार हिरो र चर्चित गीत कुन भन्ने अधिकाँश नेपालीलाई थाहाँ नभएको भन्दै चीनसँग भन्दा नेपाल भारतसँग नजिक रहेको छ, र नेपालका राजनितीक दलहरुकै कारण भारतले नेपालमा हस्तक्षेप गरेको वाग्लेले बताए। हेर्नुहोस् वाग्लेसँगको कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।