भेटिदैनन् कामदार : यूवा बिदेश जाने क्रम बढेसंगै विकास निर्माणका काम प्रभाबित

धनकुटा खबर । कामको खोजिमा बैदेशिक रोजगारीका लागि यूवा बिदेश जाने क्रम बढे सगै जिल्ला, नगरपालिका , गाउँपालिका , वडा स्तरमा हुने बिकास निर्माणका काम बढी प्रभाबित हुदै आएका छन् ।

रोजगारीका लागि पढेलेखेका तथा निरक्षर यूवा कामको खोजिमा खाडी मुलुक तथा भारतका बिभिन्न स्थान जाने लहर सगै पहाडी जिल्लाका अधिकांस गाँउहरु यति बेला यूवा बिहिन भएका छन् ।

बिकास निर्माणका साना काममा समेत श्रमदान जुट्न छाडेको र मजदुर नपाईनाले सबै भन्दा बढी बिकास निर्माणमा असर परेको छ । वैदेशिक रोजगारिमा गएका पुरुषले घर खर्च चलाउने पैसा पठाउदा महिला समेत काममा निस्कन छाडेको छन् ।

भबन निर्माण, सडक खन्ने, बिद्युतका पोल बोक्ने, ढुङगा फुटाउने लगायत बढी श्रम गर्नु पर्ने कामका लागि कामदार भेटाउन बढी समस्या हुने गरेको निर्माण व्यावसायी बताउछन् । सरकारले तोकेको पारिश्रमिक भन्दा बढी दिदा समेत कामदार नपाइने गरेको उनिहरुको भनाई छ ।

पर्खाल लगाउने निर्माण सामग्री उचाल्ने मेसिन चलाउने साथै अन्य काममा लागि स्थानिय स्तरमा कामदार नपाईनाले बाहिरी जिल्ला बाट कामदार ल्याउनु पर्ने कामदारका बिभिन्न माग पुरा नगरे कामदारले बिचैमा काम छोड्ने समयमै काम नसक्दा कामका लागि आएको बजेट फ्रिज हुने र समयमै काम नसकिने ठेकेदारहरु बताउछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।